प्रेस सेन्टर गुल्मीको अध्यक्षमा सुनार

  •  
  •  
  •  
  •  
  •  

गिरी प्रसाद भुसाल
गुल्मी , भाद्र–२७ । प्रेस सेन्टर नेपाल गुल्मीको प्रथम जिल्ला सम्मेलनले पत्रकार प्रेम सुनारलाई जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । सो संगठनका केन्द्रिय आयोजक समिति सदस्य समेत रहेका सुनार पहिला पनि त्यस संगठनका जिल्ला अध्यक्ष रहेका थिए । सुनारको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।prem-sunar
उपाध्यक्षमा गणेश सारु , सचिवमा तिलाचन पाण्डे , सह–सचिमा सुवास महत, कोषाध्यक्षमा कोषाध्यक्ष राजन केसी , सह कोषाध्यक्ष ईन्द्रा पटेल चयन गरेको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा रामकृष्ण कँडेल , राजन केसीलाई भरत चन्द हुमकान्त पोखरेल र दिपक नेपाली लगायत रहेका छन् ।
सो संगठनका केन्द्रिय सदस्य तिलक महतको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिरबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्य नेतागणले पनि श्ुभकामना मन्व्य राखेका थिए ।
यसै विच प्रेस सेन्टर रुपन्दीको जिल्ला सम्मेलन पनि आज सम्पन्न भएको खवर प्राप्त भएको छ । सम्मेलनले पत्रकार भुवन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समित गठन भएको वुटवलबाट पत्रकार तिलक महतले जानकारी दिनु भयो । त्यहाँको सम्मेलनमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव शर्माको प्रमुख आतिथ्यता रहेको उहाँले बताउनु भएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *