प्रेमको नाममा महिला हिंसा

  •  
  •  
  •  
  •  
  •  

विन्दु थापा
बुटवल, गुल्मी शान्तिपुरकी सरीता अर्याल र पाल्पाका रमेश भण्डारी प्रेममा परे । भेट भएको केहि दिनमै रमेशले शारीरीक सम्बन्ध राख्ने प्रस्ताव गरे । तर सरीताले सम्बन्ध राख्न मानिन् । बरु उसंग टाढिने कुरा गरीन् । यसपछि केहि समय फोन र सामान्य भेटघाटले नै सम्बन्ध अगाडि बढ्यो ।

अब सरीता पनि रमेशलाई औधि मन पराउन थालिन्। त्यसैले उसको फोन म्यासेज आएन भने उनि आफैले सम्झाउने गर्थिन । यसैगरी सम्बन्ध गाढा बन्दै गएको थियो । रमेशले सरीतालाई नपाए आत्म हत्या गर्ने कुरा गरीरहन्थ्यो । यौटै कुरा बारम्बार दोहोराउदा उनी भ्रममा परिन् र उसैसंग जिन्दगी बिताउने निर्णय गरीन । त्यसपपछि उनले सारीरिक सम्बन्ध नकार्न सकिनन् । सम्बन्ध गासीएको ५ महिनापछि विवाहको प्रस्ताव गर्यो । दुबैजनाको सहमतमा घरपरिवारलाई अन्जान राखि विवाह गरे । केवल यौनको प्यास मेटाउन गरेको माया किन टिकिरहन सक्थ्यो विवाह भएको केहि दिनमै उसले फरक व्यवहार देखाउन थाल्यो । “मायाको बाहानामा शारीरीक सम्बन्धको लागि मेरो मन जित्न मात्र यसो गरेको रहेछ । ” सरीताले तप्प आसु झराउदै भनिन ।
यस्तै पिडा बुटवल ५ कि संगिता क्षेत्रीलाई पनि परेको छ । बुटवलकै एक निजि विद्यालयका शिक्षक विमल पाण्डेसंग चिनजान गरेको १ वर्ष पछि विवाह भयो । विवाह अगाडि उसलाई आवश्यक पर्ने हरेक वस्तुहरु संगीताले दिने गर्थिन । विवाह पछि यसको उल्टो भयो । सगीतालाई आवश्यक पर्ने हरेक वस्तुहरु विमलले दिनुपर्ने भयो । त्यसपछि संगितालाई गाली गर्न र कुट्न थाले । घरबाट बाहिर निस्कन दिएनन् । एक दिन भागेर जसोतसो माइत गइन । बढी यातनाले उनी मानशिक रुपमा भने विक्षिप्त छिन् ।
लामो समयसम्म फेसबुकमा कुरा गरीरहेका पर्वतबाट बुटवल आएकी मन्दिरा भट्टराई र अर्घाखाचीको सन्धिखर्क घर बताउने मिलन कुवर नजीक भए । उनले विस्तारै पे्रम गर्न थालिन् । बुटवल कालिकानगर बस्दै आएकि उनि मिलनसंग विवाह गरेर देविनगर बस्न थालिन । त्यो खुसि धेरै महिना टिक्न सकेन । विवाह गरेको ४ महिना बितिसक्दा पनि उसले घर लैजाने कुरा गरेन । ‘ कसैको फोन आउदा बाहिर गएर उठाउने गथ्र्यो । एकदिन मैले घर जाने कुरा गर्दा गाउमा कोहिको मृत्यु भएको निस्किएपछि जाने भने । त्यसपछि काठमाण्डौ गएको आउदै आएनन् । फोन पनि लाग्दैन । ” उनले भनिन् । उजुरी गरुन् विवाह भएको केहि प्रमाण छैन । नत उनको वास्तविक नाम र घर पनि थाहा नभएको मन्दिराले बताइन् ।
रुपन्देहीमा पे्रमको नाटक गरी विवाह नै गरेर श्रीमती बनाई विश्वास जित्ने र भारतमा बेच्न लैजाने गरेका पनि घटना छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नाटकिय पे्रम गरेर विवाह गर्ने र केहि समयमा बेपत्ता भएको भन्दै दिनहु यस्ता घटनाहरु भने आउने गरेका छन् । कतिपय महिला हिंसामा दर्ता छन् । प्रेमका नाममा हिसां नै भनेर छुट्टै घटनाहरु दर्ता भने हुदैन । यस्ता धेरै घटनाहरु घरेलु हिसांमा समाबेस गरीने भएकाले यकिन तथ्याङक छैन ।
नेपाली महिलाहरू पितृसत्तात्मक सामाजिक व्यवस्था र सोचका कारण विभेदित र हिंसाको सामना गर्न बाध्य छन । सामाजिक तथा पारिवारिक मूल्य र मान्यताहरूले महिलालाई हिंसा तथा दुव्र्यवहार विरुद्ध आवाज उठाउन र त्यसको उपचार खोज्न अत्यन्त कठिन बनाएको छ । जसले गर्दा हिंसा पीडित महिलाहरू दोहोरो मारमा पर्नु पर्ने बाध्यता छ । एकातिर उनीहरू आपूmमाथि भएको हिंसा र विभेदको विरुद्ध लड्नु परिरहेको छ भने अर्कोतिर हिंसालाई निरन्तरता दिने चुनौतिपूर्ण सामाजिक मुूल्यमान्यताका विरुद्ध समेत संघर्ष गर्नु पर्ने हुँदा हिंसा पीडित महिलाको जीवन अत्यन्त चुनौतिपूर्ण छ । यस प्रकारको संघर्षमा पीडित महिलाहरू पुनः हिंसाग्रस्त र दुव्र्यवहारपूर्ण परिवार, समाज तथा वातावरणमा बस्न बाध्य पारिएका छन् । महिलालाई यस्ता कुरा बाहिर भयो भने उसलाई सजाय दिन सकिन्छ भन्ने भन्दा पनि इज्जत जान्छ भन्ने ठुलो डर छ । जसको कारण ले गर्दा यस्ता घटनाहरु बाहिर आउन सक्दैनन । बाहिर आएपनि पैसाले कुरा मिल्ने र कसैको साथ नपाईने डरका कारण घटनाहरु बाहिर आउदैनन् । लेखक ऋषि आजाद आजभोलिका युवा धेरै किसिमका फिल्म हरु हेर्ने र आवेगमा आएर यौनको प्यास मेटाउने माध्यम पे्रम र विवाहलाई गराएको बताउछन्। ‘क्षणिक लाभ को लागिमात्र प्रयोग गरीएको प्रेमले गर्दा यस्ता घटनामा बृदि भएको छ ’आजादले भने ।
महिला अधिकारको क्षत्रमा कार्यरत अधिवक्ता दिपा सुनार घटनाहरु बढ्नुमा महिलाहरुको पनि ठुलो कमजोरी भएको बताउछिन् । उनी भन्छिन “महिलाहरुको जो कोहिलाई पनि छिटै विश्वास गर्ने आवश्यकता भन्दा बढि गहिरीएर माया गर्ने सामान्य चिनजानको आधारमा कसैको सल्लाह विना विवाह गरिहाल्ने बानि मुख्य कमजोरी हो । ”कानुनि प्रक्रिया पनि निकै कमजोर भएकोले गर्दा पनि यस्ता घटना बृदि भएको छ । ‘कानुन दण्डहिनता लाई पश्रय दिने गर्दछ , यसर्थ महिलाहरु यस्ता समस्या परीरहेका छन ।’ ,माइती नेपालका पश्चिमाञ्चल संयोजक प्रभा खनाल भनिन् ‘पे्रम गर्नु समस्या होईन प्रेमलाई नबुझनु र गलत प्रयोग गर्नु मुख्य समस्या भएको छ । खनाल भन्छिन ‘आफनो आवश्यकता पुरा गर्न कसैसग पे्रम गर्ने र पछि छोडिदिने चलन अहिले निकै बढेको भएपनि अदालति पक्रिया सम्म पुगन भने सकिरहेका छैनन ,झन्झटिलो प्रक्रिया हुने भन्दै अदालतसम्म जानु भन्दा २ ,४ लाखमा समस्या समाधान गर्नतर्फ लाग्ने गर्छन । ’

आवाज फिचर सेवा , संचारिका समूह, लुम्बिनी ।

Comments

comments

Comments are closed.