प्राविधिक सहायक ज्ञावलीको मृत्यु रहस्यम

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुुल्मी, असोज–४ । वलेटक्सार कृषि सेवा केन्द्र प्रमुखका रुपमा कार्यरत रहेका प्राविधिक सहायक ज्ञवालीको मृत्यु रहस्यम देखिएको छ । उनि आईतवारकै दिन रुरु गाविसको गाउँ परिषद सम्पन्न गरी वलेटक्सार तर्फ मोटर साईकलमा आउँदै थिए ।gyawali
उनलाई पानी ट्याङकी स्थित प्रतिक्षालय नजिकैको नालीमा अचेत अवस्थामा फेला पारेर काठमाण्डौं पठाईएको थियो । मोटर साईकल साईड लगाएर सुरक्षित स्थानमा राखिएको र उनि नालीमा अचेत अवस्थामा फेला परेकोले उनको मृत्यु रहस्यमय देखिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक चेतनारायण पन्थीले बताए । दुर्घटना भएको भनौं भने उहाँको मोटर साईकल सुरक्षित स्थानमा राखिएको छ ’–उनले भने –‘पोष्टमार्टम गरिएको छ र प्रहरीको अनुसन्धानले खै भन्छ अहिले नै आफुहरुले केहि भन्न सक्दैनौं । ’
उनको पनि जागिर अवधी २३ वर्ष भएको बताईन्छ । उनको वास्तविक घर र वसाई गुल्मीको थानपति –७ मा रहे पनि यो समाचारदाताले सो कार्यालयको हाँजिरी रजिष्टर पल्टाएर हेर्दा घर ठेगना रुपन्देहीको सिन्टाहन –१ लेखिएको छ । उनका दुई छोरा एक छोरी रहेको बताईएको छ । तस्वीरः कार्यालय प्रमुख पाण्डेको

Comments

comments

Comments are closed.