प्रहरी र आन्दोलनकारी विच झडप, अश्रुग्याँस प्रहार, आन्दोलनकारीद्धारा प्रशासन कव्जा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–१ । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक्रमक आम हड्तालले गुल्मी जिल्ला तनाव ग्रस्त बनेको छ । जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कव्जा जमाएका छन् ।

यो समाचार सकेर पठाउनै लागेको बेला सुरक्षा निकायले बल प्रयोग गरे पछि झडप भएको छ । सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भई रहेको छ । पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन । भागदौड दुवै तर्फ चलेको छ ।
५ नम्वर प्रदेशको जिल्ला घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ । जिल्ला प्रशासनको प्रतिकृया माग्दा प्रजिअ कृष्णप्रसाद ढुङ्गनाले फोन उठाएका छैनन् । ठुलो सख्यामा सुरक्षा निकाय थैनाथ गरिए पनि आन्दोलनकारीको घेरा तोडेर प्र.जि.अ. लगायतका कर्मचारी भित्र छिर्न सकेका छैनन् ।
यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकल समेत बन्द गरिएको छ । आम हड्ताल आज देखि तिन दिन सम्मका लागि घोषणा गरिएको छ । यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् ।
सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ । सिमलटारी, मजुवा, वामीटक्सार, वलेटक्सार रिडी, यता पुर्कोटदह, ईस्मा लगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भई रहेका छन् । सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरुसंग हातपात समेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए । सदरमुकाममा भई रहेको झडवमा घाईतेको संख्या एकिन भई सकेको छैन् । भागदौड र ढुङ्गा हाना हानले स्थिती यो भन्दा अप्रिय बन्न सक्ने देखिएको छ ।

Comments

comments

Comments are closed.