जिल्ला समाचार

प्रहरीले गुल्मीमा यसरी धमाधम गाँजा फँड्दै छ, सदरमुकामबाटै ७ क्विन्टल गाँजा नष्ट

टोपलाल अर्याल
गुल्मी, २१ भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियान शुरु गरेको छ । अभियानको शुरुवात सदरमुकामबाटै भएको छ । प्रहरीले बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्क गरेर अहिले सम्म सात क्विन्टल गाँजा नष्ट गरेको छ । केहि सार्वजनिक स्थल र व्यतिmले आफ्नो बारीको डिलमा हुर्काएका गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए ।

लागुऔषध ओसार पसार छैन प्रयोगकर्ता बढ्दै

जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान संचालन गरेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग द्धवेदी बताए । बिहिबार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक थापाको कमाण्डमा गएको प्रहरी टोलीले सदरमुकाम नजिकैकको बेदुखर्कमा पाँच क्विन्टल गाँजा नष्ट गरेको छ । प्रहरी टोलीले अनुगमन तथा सुचना संकलन गरिरहेको छ । केहि दिन अगाडी सदरमुकामकै विभिन्न स्थानबाट दुई क्विन्टल गाँटा नष्ट गरेको थियो । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख द्धवेदीले बताए । ‘जिल्लामा व्यावसायीक रुपमा गाँजा खेती छैन, तर प्रयोकर्ता प्रहरीको हिरासतमै उदाहरणका रुपमा छन्, द्धवेदीले भने,’ बिस्तारै सचेतना र कार्बाहि बढाउनुपर्छ ।’ उनले आफ्नो वरीपरी कहिँकतै व्यति वा सार्वजनिक स्थलमा गाँजा खेती गरिएको भए प्रहरीलाई तुरुन्त जानकारी दिन आग्रह गरे ।
gaja in gulmi
बाहाना बनाएर गाँजा रोप्न पाइदैन ः प्रहरी
गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने बताएको छ । जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

प्रयोगकर्ता स्कुलेदेखि सडक बालबालिका बढि
अहिले जिल्लामा यसका प्रयोगकर्ता बढदै जान थालेका छन् । जिल्लाका विभिन्न होटल, चोक र गल्लीहरुमा गाँजा सेवन गर्नेहरु बढ्दै गएको गुनासा आउन थालेपछि प्रहरी थप सक्रिय भएको छ । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी, बाटोमा हिडने सडक बालबालिका, तथा बालश्रमिकहरु पनि दुव्र्यसनीमा फस्दै गएका छन् । ‘साना बालबालिकाहरु नसामा लट्ठिएर चोकहरुमा बसेका भेटिन्छन्,’तम्घासका बिनोद प्रसाद पाण्डेयले भने,’ यो भोलीको लागी चुनौति हो, अभिभावक बेलैमा चनाखो बन्नुप¥यो ।’ शनिबार चोरीको आशंकामा सोधपुछका लागि प्रहरीले ल्याइएका पाँच जना बालकहरु नै कुनै न कुनै दुव्र्यसनीमा फसेका थिए । ‘सवै बालबालिका अभिभावको गैर जिम्मेवारीका कारण कुलतमा फसेका छन्,’प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले भने,‘ बुझदै जाँदा उनीहरुले चुरोट, रक्सीदेखि सुलेक्सन समेत सेवन गर्ने गर्दछन् ।’
फोटो ः सदरमुकाम नजिकैको बेदुखर्कमा गाँजा फडानी गर्दै प्रहरी टोली ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।