प्रधानमन्त्री दाहालद्वारा राजीनामा

  •  
  •  
  •  
  •  
  •  

जेष्ठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । उनी २०६५ साल साउनमै पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएका हुन् । अब कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् ।

Comments

comments

Comments are closed.