प्रधानमन्त्रीलाई गुल्मीका महिलाले पठाए कैची,फुलको माला, सियो,धागो,नक्सा उपहार

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २९ । गुल्मीका महिलाहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैची, फुलको माला, सिगो, धायो नेपालको नक्सा उपहार पठाएका छन् । सरकारले आफ्ना माग सुनुवाई नगरेपछी गुल्मीका महिलाहरुले बिरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुगांना मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैची, फुलको माला, सियो, धागो नेपालको नक्सा उपहार पठाएका छन् । महिलाहरुले प्रधानमन्त्रीलाई कैची, फुलको माला, सियो, धायो नेपालको नक्सा उपहार पठाउने क्रममा केहि बेर तनाव समेत भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा नाराबाजी सहितका महिलाहरु, सबै प्रमुख जिल्ला अधिकारीकोमा जान खोजेपछी प्रहरीले रोक्न खोज्दा केहिबेर धकेला धकेलको स्थिति समेत सृजना भएको थियो । प्रहरीले प्रशासन अगाडी बनाएको घेराबन्दी तोडेर प्रशासन परिसरमा पसेर नाराबाजी गरेका थिए । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी १५ औं दिनको आन्दोलनमा गुल्मीमा महिलाहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रर्दशन गर्दै उक्त उपहार पठाएका हुन । बर्तमान सरकारले बिवादै नभएको जिल्लामा बिवाद थुपारि फुलको माला जस्तै गरि मिलेर बसेका जनतालाई कैचीले काटेझै गरि काट्ने काम भएको भन्दै उनिहरुले बिरोध स्वरुप धेरै थरि फुलको माला जस्तै गरि बसेका जनतालाई काट्ने काम बन्द गर्न आग्रह गरे्का छन् ।
महिलाहरुले पहाडी जिल्ला र तराई जिल्ला बिच भएको एकता ,आत्मियता,रहन सहन र सांस्कृतिक साथै व्यापारीक रुपमा परस्पर सम्बन्ध रहि आएकोले सरकारले गरेको संविधान संशोधन प्रस्ताव तुरुन्त फिर्ता गर्न आग्रह गरे । महिलाहरुले हामी विभिन्न जात,धर्म र लिङ्गका मानिस एउटै मालामा उनिएका नेपालीको एकतालाई खलबल गर्ने प्रयास गरिएकोले तपाई कैंची बनेर एकतामा उनिएको हाम्रो मालालाई काट्ने कोसिस नगर्न चेताबनी दिए । महिलाहरुले बर्तमान सरकारबाट भएको दुश्प्रयासलाई कैची, माला र नेपाल आमाको नक्सा उपहार मार्फत ध्यान आकर्षण गराएका छन् । उपहार प्रदान गर्न नेकपा मालेकी संसद कमला बिश्वकर्मा सहित जिल्ला स्थित बिभिन्न संघसंगठनका महिलाहरु, स्थानियवासीहरुको सहभागीता रहेको थियो । महिलाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत आफनो आवाज जस्ताको तस्तै प्रधानमन्त्रीलाई पठाउन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी ढुगांनाले महिलाहरुबाट प्रप्त सामाग्रीको लिखत आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।

Comments

comments

Comments are closed.