प्रदेश र देश भन्दा ठुलो बिदेशको आदेश हुँदैन: नेता ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी । पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र देश भन्दा ठुलो बिदेशको आदेश नहुने कुरा बताउनु भएको छ । ५ नम्बर प्रदेश टुक्राईएको बिरोधमा गुल्मीमा आयोजित विशाल विरोध सभालाई आज सम्वोधन गर्दै नेता ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमका विशिष्ट अतिथी ज्ञवालीले मिठो भाषामा भने–‘प्रदेश र देश भन्दा ठुलो विदेशको आदेश हुन सक्दैन । यसर्थ किमार्थ पनि संबिधान संशोधनको प्रस्ताव पास हुन दिईने छैन ।’

उनले वर्तमान सरकार विदेशीको ईशारामा चलेको आरोप लगाउँदै संविधान सभाको प्रस्ताव अघि बढाउन चाहे सरकार विरुद्ध यति मात्र होईन यो भन्दा ठुलो धक्का दिने चेतावानी दिए । संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन थप तिव्र पार्दै लगिने बताउँदै नेता ज्ञवाली सरकार विरद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

त्यसो त सरकारकै नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य चन्द्रबहादुर खड्का पनि सरकार विरुद्ध कडा रुपमा प्रस्तु भएका थिए । उनले ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव अघि बढाए दल भन्दा माथी उठेर आन्दोलनको आँधीवेहरी ल्याउने चेतावानी सरकारलाई दिएका थिए । उनले पनि यो प्रस्ताव भारतको दवाव आएको आरोप लगाउँदै तत्काल फिर्ता नर्ग सरकार संग माग गरेका थिए ।

विरोध सभामा नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्की, सांसद कमला बिश्वकर्मा लगायतका केन्द्रिय नेता र स्थानिय आन्दोलनकारीका नेताहरुले पनि मन्तव्य राखेका थिए ।

संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न विरोध सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भुपाल पोखरेलको स्वागत मन्तव्य र नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.