प्रदेश टुक्राएको बिरोधमा गुल्मीमा स्थानियले निकाले दौड जुलुस

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २८ । सरकारले आफना माग सुनुवाई नगरेपछी गुल्मीमा काले पट्टी बाधेर दौड जुलुस प्रर्दशन भएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी १४ औं दिनको आन्दोलनमा गुल्मीमा कालोपट्टी बाधेरे बिरोध स्वरुप दौड जुलुस सडकमा प्रर्दशन भएको छ । सरकारले ल्याएको संशोधन बिधेको बिरुद्धमा आन्दोलन चलिरहेको धेरै दिन बित्दा समेत कुनै सुनुवाइ नै नगरि सरकार ढिलो गतिमा चलेको भन्दै गति वढाइ छिटो संशोधन फिर्ता ल्याउन दबाव दिनको लागी दौड जुलुस प्रर्दशन गरिएको सयुक्त संघर्ष समिति गुल्मीले जनाएको छ ।

सरकारले ल्याएको संशोधन प्रस्तावमा तराईबाट पहाड छुट्टाउने गरि ल्याइएको संशोधन प्रस्ता तुरुन्त फिर्ता नल्याए अब आन्दोलनले पनि गति बढाउने संकेत स्वरुपमा कालो पट्टी बाधेर दौड जुलुस प्रर्दशन गरिएको बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँरले बताए । युवा बिद्यार्थीको अगुवाईमा निकालिएको जुलुसमा नेकपा मालेकी संससद कमला बिश्वकर्मा सहित, बिभिन्न राजनितिक दल, , नागरिक समाज र स्थानियको सहभागितामा जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गाबाट बिभिन्न नाराबाजीहरु सहित जिल्ला प्रशासन अगाडी आएर कोर्ण सभा समेत गरेका छन् ।

कोर्ण सभामा नेकपा मालेकी संसद कमला बिश्वकर्माले संसदमा दर्ता भएको संशोधन बिधेक कुनै पनि हालतमा पारित गर्न नदिने बताइन । उनले पाँच नम्बर बासी जनताको हित बिपरित ल्याएको प्रस्ताव आफनो पार्टी र आफुलाई पनि मान्य नभएको भन्दै यदि मतदान भएपनि बिफल हुने बताइन । गुल्मी वासीले आन्दोलन स्वरुप अनबरत १४ औ दिन सम्म खटेर आन्दोलन गर्दै आएको प्रति प्रशंसा गर्दै आगामी दिनमा आन्दोलनलाई सशक्त बनाउनु परेपनि तयार रहन आग्रह गरिन । स्थानिय युवा बिद्यार्थीहरुले पाँच नम्बर बासी जनताको हित बिपरित र राष्ट्रको हित बिपरित ल्याएको संशोधन प्रस्तावले राष्ट्र र जनताको हित नगरेकोले फिर्ता लिन आग्रह गरे ।

लगातार १४ दिनको बन्दले गुल्मी ठप्प, जनजिवन कष्टकर
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १४ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । बिरोध स्वरुप गुल्मीमा सोमबार तम्घासमा बृहत जनसभा समेत सम्पन्न भएको छ । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।

Comments

comments

Comments are closed.