प्रदेशबाट जिसी अमरको विलौना– ‘आमा मेरी आमा….’

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख–१४ । सानैमा आमाको काँख खोसिएर घरबाट वरालिँदै कहिले भारत त कहिले खाडी मुलुक पुगेका गुल्मीका एक युवाले उनै मृत्यु भएकी आमाको कलेसमा एउटा मार्मिक गीत हालै वजारमा ल्याएका छन् ।
गत १२ वर्ष देखि बैदेशिक रोजगारमा रहेका गुल्मी हाड्हाडेका जि.सि. अमरले आफ्नी आमा र वावु प्रतिको वास्तविक विलौनालाई मार्मिक ढंगले गीतमा उतारेर आफ्नै लय स्वरमा आमा मेरी आमा वोलको गीत वजारमा ल्याएका हुन् ।
लय शव्द सर्जकका रुपमा नेपाली साङ्गेतिक क्षेत्रमा चर्चित उनले आफ्नै स्वरमा भने यो गीत पहिलो पटक वजारमा ल्याएका हुन् । उनलाई स्वरमा साथ दिएकी छिन् चर्चित गायिका पुर्णकला विसीले ।
टि–टाईम म्युजिक प्रा.लि. वजारमा ल्याएको उक्त गीत अडियोमा वाहिर आए पनि छायाङकन भने अन्तिम चरणमा पुगेको बताईएको छ । हाल सम्म ३ सय भन्दा बढि गीत लेखन र लय संकलन गरेका जिसी अमरका गीतहरु देशका एकसेएक चम्केका लोकगायकहरुले गाएका छन् भने चर्चिच मोडलहरुले मोडलिङ्ग समेत गरेका छन् ।
अव गायन र मोडलिङ्ग क्षेत्रमा छाउने उद्देश्यका साथ सउदी अरवबाट घर आएका जिसी घर बसाईको दुई महिना सम्म काठमाण्डौंका विभिन्न स्थानमा मोडलिङ्ग र गीत रेकर्डिङ्ग मैं व्यस्त भएर हालै पुनः सउदी फर्केका छन् । आमा मेरी आमा वोलको गीत विशेषतः वावु आमा गुमाएका छोरा छोरीको मन निकै छुने खालको रहेको छ ।
जुन गीतको संगित संयोजन गरेका छन मार्मिक गीतहरुमा कहिल्लै नस्ताउने तारा एवं वरिष्ठ गायक ईन्द्र जिसीले । उक्त गीतको शव्द सहयोगी रहेकी छिन् अमृता श्रेष्ठ भने विशेष सहयोगी रहेका छन् कृष्ण जिसी । वजार व्यवस्थापकका रुपमा भने सोही म्युजिक प्रा.लिकी कोरलिना माया तामाङ्ग रहेकी छिन् । उक्त गीत दर्शक श्रोताले मन पराई दिनु हुने कुरामा विश्वस्त रहेका जिसी यो पहिलो गीत संगै आफु शव्द लय सर्जकका रुपमा चम्के जस्तै गायन क्षेत्रमा पनि चम्कीने अपेक्षा राखेका छन् ।

Comments

comments

Comments are closed.