प्रचण्ड र देउवाको कारण देश बर्बादीमा डुव्यो: कांग्रेस नेता पन्थी

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
मंसिर २४, गुल्मी । इस्मा मैदानमा भएको बिरोध सभालाई संबोधन गर्न पुग्नुभएका नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले प्रचण्ड र शेर बहादुर देउवाको कारण देश बर्बादी तिर गएको बताउनुभयो । आफुहरुको स्वार्थको लागी बर्षौ सम्म मिलेर बसेका जनताहरुलाई आपसमा लडाएर सरकारले रमिता हेरिरहेको नेता पन्थीले बताउनुभयो । उहाँले जनतावाट निर्वाचित भएर सत्ता र सरकारमा पुगेका देशका जिम्मेवार नेताहरुले तिनै जनताको भावनामा लात हिर्काएकाले नेपाली जनताले उनीहरुबाट भोलीको आश नराखेको बताउनुभयो ।
पछिल्लो पटक संसोधनका बिपक्षमा जनप्रतिनिधी र जनसागर उर्लिरहेकाले ३ पटक सम्म प्रधानमन्त्री भएका देउवा र बर्तमान प्रधानमन्त्रीले अझै पनि संसोधनकै पक्षमा ओकालत गर्दै हिड्नुको कुनै अर्थ नभएको बताउनुभयो । त्यसैले नैतिकताको आधारमा प्रचण्डले सरकारबाट राजिनामा दिनुको विकल्प नभएको पन्थीले बताउनुभयो । कुनै व्यक्ति र पार्टीको स्वार्थमा यो आन्दोलन नभएको भन्दै आगामी दिनमा हुने जुनसुकै कार्यक्रममा जनताको सहभागीता हुनुभपर्ने नेता पन्थीले आग्रह गर्नुभयो ।
gulmi ishma news
कार्यक्रममा एमाले नेता लक्ष्मण बिष्टले यो बेला राष्ट्रिय स्वाधिनता नै खतरामा परेका बेला गाउँपालिकाको केन्द्र तोकिने बिषयको रिसिवी नसाँध्न आग्रह गर्नुभयो । साथै आफ्ना व्यक्तिगत कामलाई थाति राखेर यो आन्दोलनमा लाग्न इस्माबासीलाई आग्रह गर्नुभयो । त्यस्तै अर्को नेता नारायण पैयानीले भारतको इशारामा सरकार संसोधन प्रस्ताव दर्ता गरेकाले सोझा जनताले दश दिनसम्म दुख पाइरहेको औल्याउनु भएको थियो । गैरसरकारी संस्था महासंघका हरि प्रसाद पोख्रेलले संविधानले प्रदान गरेको अधिकार कब्जामा लिएर ठुलो गल्ती गरेको बताउनुभयो । उहाँले मान्छेको जनजिविका संग प्रत्यक्ष असर गर्ने गरी अधिकार कटौती गर्नु गम्भिर मानव अधिकारी उल्ङघन भएको पनि बताउनुभयो ।
त्यस्तै बिद्यार्थी नेता सुर्दशन खनाल, शोभाखर गिरी र रमेश बुढाले देशका एतिहासिक आन्दोलन बिद्यार्थीहरुले निशकर्षमा पुराएकाले यो अभियान पनि अवश्य पुरा हुने बताउनुभएको थियो । कार्यक्रममा एमाले नेता तोयनाथ सापकोटा, कांग्रेस नेता झविन्द्र भण्डारी, सिता अर्याल, अध्यक्ष चुरा बहादुर खत्री, एमाले इलाका सदस्य श्रीर बहादुर कुवंर लगायतले कार्यक्रममा संबोधन गर्नुभएको थियो । कार्यक्रममा ५ वटा गाविसका गाविस स्तरिय नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

Comments

comments

Comments are closed.