प्रचण्ड पक्षधर जिल्ला नेताहरुले राजीनामा पेश गर्दै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, साउन–२२ । जम्वो महाधिवेशन आयोजक समिति गठन गरेको लगायतका विषयमा असन्तुष्टी जनाउँदै नेकपा माआवादी केन्द्र गुल्मीका जिल्ला नेताहरुले राजीनाम दिने खुलासा भएको छ । विश्वस्त सुत्रका अनुसार गुल्मीमा सो पार्टी भित्र प्रभावशाली जिल्ला नेता ठानिने ज्ञानकुमार बुढा (अर्जुन ) र अशोक थापा (मुक्ती ) लगायतका २२ जना भन्दा बढि प्रचण्ड पक्षधर जिल्ला नेताहरुले आफ्नो जिम्मेवारीबाट राजिनामा दिने तयारीमा रहेको बताईएको छ ।flag_of_communist
ज्ञानुकुमार बुढा पार्टी एकता प्रकृया अघि सम्मका सो पार्टीको कोषाध्यक्ष र प्रचण्डका वफदार कार्यकर्ता हुन् । अशोक थापा पनि त्यस पार्टीका चल्र्तापुर्जा र प्रचण्डका दाहिने हात जस्तै हुन् भनेर चिनिन्छन् । राजिनाम दिने भन्ने सम्वन्धमा ज्ञानकुमार बुढा संग सम्पर्क राख्दा उनले राजिनाम दिने सम्वन्धमा छलफल भई रहेको बताए ।
उनले २४ जना केन्द्रिय सदस्य बनाईनु लगायतका विषयमा आफुरुमा असन्तुष्टी रहेको र राजीनाम दिएर नेतृत्व सच्चीन्थ्यो कि भन्ने आफुहरुको प्रयासमा जुटेको जानकारी दिए । अर्का नेता नेता अशोक थापाले नेतृत्व पंक्तीलाई सजग गराउन यस्तो कदम चालिएको बताए । उनले भने पार्टी विगार्नका लागि होईन सर्पानका लागि हो । एक सुत्रका अनुसार पेश गर्न लागिएको भनिएको राजीनाम पत्रमा नेकपा माओवादी केन्द्रले संगठन विस्तार गर्ने नाममा पार्टी संगठन को विधि सिमा मिचेर गैह्र सांगठनिक र राजनैतिक र गैह्र जिम्मेवारी तरिकाले केन्द्र, प्रदेश र जिल्ला संगठनको नेतृत्वले हदै सम्मको लाहपर्वाही गरेको उल्लेख छ ।
त्यस्तै पार्टी एकताको मुल मर्मलाई लत्याँदै पार्टीलाई सुदृढ र विस्तार भन्दा गुट र उपगुटको संरक्षण ÷ प्रोत्साहन गर्ने जस्ता फुटवादी गैह्र क्रान्तिकारी र अवसरदावी प्रवृद्धिलाई बढवा दिने र सिङ्गो पार्टी पंक्तीलाई धारासाही पर्ने धृष्टता स्वयम नेतृत्व पंक्तीबाटै भएकोले आर।ोप लगाईको छ ।
हालै हाम्रो पार्टीले गठन गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति २४ सय जनाको बनाईनु एक प्रकारको कुम्वमेला संग तुलना गर्न सकिने र हाम्रो पार्टींको शिद्धान्त र गरिमालाई नै गिज्जाई रहेको महशुस भएको छ । यसले केन्द्रिय समिति र केन्द्रिय सदस्यको ओज, गरिमा र हैसियत माथी नै लज्जास्पद प्रश्न खडा भएको छ । हामीलाई यो केन्द्रिय कमिटी स्वीकार्य छैन् । हाम्रो यो निश्कर्ष छ कि यस प्रकारले विस्तार गरिएको केन्द्रिय कमिटीले नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्न पटक्कै सक्दैन ।’ उक्त राजीनाम पत्रमा भनिएको छ ।
पार्टीको नेतृत्व सच्चाउन सकिन्छ कि भन्ने उद्दश्यका साथ राजीनामा दिने सोचमा रहेका पुर्व राज्य समिति सदस्य तथा जिल्ला कमिटी कोषाध्यक्ष ज्ञानकुमार बुढा –(अर्जुन ) पुर्व राज्य समिति सदस्य तथा गत संविधान सभा निर्वाचन गुल्मी क्षेत्र नम्वर २ का उमेदवार अशोक थापा –(मुक्ती ) पुर्व राज्य समिति सदस्य, अनेम संघ क्रान्तिकारीकी केन्द्रिय सचिवालय सदस्य तथा गुल्मीकी जिल्ला ईन्चाज लिला थापा वलाल ( अनिता ) , पुर्व राज्य समिति सदस्य, जिल्ला सचिवालय सदस्य सुर्यबहादुर बुढा ( शिखर ) पुर्व राज्य समिति सदस्य, जिल्ला सचिवालय सदस्य प्रेम भट्टराई ( प्रकाश ) , पुर्व राज्य समिति सदस्य, जिल्ला सचिवालय टेकबहादुर सलामी –(विक्रम) सदस्य रहेका छन ।
त्यस्तै पुर्व राज्य समिति सदस्य, वाईसिएलका केन्द्रिय सदस्थ तथा जिल्ला ईन्चार्ज नोखबहादुर पौड्यल –(भरत ), जिल्ला सचिवालय सदस्य मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चाज खुमबहादुर थापा (अशोक ) थापा , जिल्ला कमिटी सदस्य पुर्व जनमुक्ती सेनाका कम्पनी कमाण्डर वसन्त सुनार ( भुवन ) , जिल्ला सदस्यहरु लोकनाथ पाण्डे, धर्म बिश्वकर्मा, गीता रिजाल , उषा बुढा मगर, गरीसिंह , चन्द्रबहादुर महत , नारायण चन्द र रामप्रसाद पाण्डे रहेको जनाईको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *