पोखराको दौडमा दुई वटै क्षेत्रलाई हराएर गुल्मी प्रथम, बक्सीङ्गमा पनि सेमी फाईनलमा पुग्यो गुल्मी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–२१ । पोखरामा चलिरहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल र मध्ये पश्चिमाञ्चल गरी झण्डै ३२ जिल्लाका खेलाडीहरुलाई पछाडी पार्दै गुल्मीका एक जना खेलाडी १५ सय मिटर दौमा प्रथम भएका छन् ।राष्ट्रिय खेलकुद प्रतियोगिताबाट समेत गत वर्ष स्वर्ण पदक विजेता गुल्मीका रोहीत अधिकारीले यसपाली पोखराको क्षेत्रिय खेलबाट पनि प्रथम स्थान हाँसिल गरी गुल्मीलाई स्वर्ण पदक दिलाउन सफल भएका हुन् ।

अव केहि महिना पछि मुम्वईमा हुन गई रहेको अन्तराष्ट्रिय खेल प्रतियोगितामा समेत नेपालबाट छनौट भई सकेका अधिकारीले पोखरामा यसपाली ८ सय मिटर र १५ सय मिटर दुर्वैमा प्रथम हुन सफल भएको जिल्ला विकास समितिका सदस्य महेश काउछाले जानकारी दिए ।
पोखरा पुगेका समितिका कार्यालय प्रमुख दिपक केसीका अनुसार बक्सीङ्ग प्रतियोगिातमा समेत पश्चिमाञ्चल र मध्ये पश्मिाञ्चलका खेलाडीहरुलाई हराउँदै गुल्मी सेमीफाईनलमा पुगेको छ ।
त्यस्तै सर्टफुटमा गुल्मीका केशव कुमाल दृतिय र सिता बिक तृतिय भएकी छिन् । बक्सीङ्गमा गुल्मीको रोमाञ्चक र आक्रमक भिडन्त नियालेका पुर्व प्रथानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले खेलाडीहरुलाई मात्र नभई प्रशिक्षक र गुल्मीका सरोकारवालालाई समेत सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख दिपक केसी भन्छन् –‘ बक्सीङ्ग खेल पोखरामा भएको र तनुहुँमा तोक्वन्दो खेल भएकोले म यहाँ आएको छु , त्यसैले झलनाथ खनाल ज्युले सम्मान गर्न हाम्रा खेलाडी मार्फत निम्ताउँदा पनि त्यो अवसर गुमाउनु प¥यो ।’ उनको अनुसार बक्सीङ्गमा सफलता हाता पार्ने तयारीका लागि ठुलोलुम्पेमा प्रशिक्षण दिईएको थियो , अधिकांस खेलाडी ठुलो लुम्पेककै रहेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले विजेताहरुलाई बधाई दिदै अन्य खेलमा समेत गुल्मीले अरु स्वर्ण पदक हाता पार्ने अपेक्षा राखेको बताए ।
उता १६ जिल्लाहरु विचको व्याडमिन्टन खेलको भिडन्त मंसिर २३ गते देखि २७ गते सम्म हुन गई रहेकोले त्यसको तयारी तिव्र रुपमा अगाडी बढाईएको व्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउछाले बताए ।

Comments

comments

Comments are closed.