पेंगामा सांस्कृतिक कार्यक्रम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असोज–१ । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 20160916_151203
हरितालिका तीजको विदाई गर्ने र मौलिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अशोक सोमैले बताए ।
कार्यक्रममा पृथ्वी उच्च माध्यामिक विद्यालय बडागाउँका प्रधानध्यापक चन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा रहेको थियो भने बडागाउँ गाविसका निर्वमान गाविस अध्यक्ष कर्णध्वज जिसीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै स्थानिय राजनैतिक दल , समाज सेवी , शिक्षक बुद्धिजिवी , सञ्चारकर्मी र कलकारहरुको सहभागिता रहेको थियो । प्रमुख आकर्षणका रुपमा गायिका शिलु भट्टराई , गायकहरु महेन्द्र भण्डारी , गणेश अधिकारी , हाँस्य कलाकार अर्जुन कुँवर .( पितृ बा ) सविन क्षेत्री (चिलीगान्टे ) लगायतका कलाकारहरु रहेका थिए । । कार्यक्रमलाई सहयोग पुराउने विभिन्न व्यक्तिहरुलाई आयोजकले सम्मान गरेको थियो ।
20160916_151239प्रतियोगितामा १० टिम सहभागि मध्ये यो समाचार तयार पार्ने बेला सम्म प्रतियोगिताको नतिजा घोषणा भई सकेको छैन् । क्लवका अध्यक्ष अशोक सोमैको अध्यक्षता रहेको कार्यक्रममा सचिव वुद्ध पाण्डेको स्वागत मन्तव्य र उपाध्याक्ष समुन्द्रविक्रम रायमाझीको सञ्चालन गरिरहेका छन् ।

 

 

 

20160916_150935 20160916_150605 20160916_143707

Comments

comments

Comments are closed.