पेंगामा भव्य सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भदौं–३१ । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा चलिरहेको छ ।20160916_143707
हरितालिका तीजको विदाई गर्ने र मौलिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अशोक सोमैले बताए ।
कार्यक्रममा पृथ्वी उच्च माध्यामिक विद्यालय बडागाउँका प्रधानध्यापक चन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा रहेको छ भने बडागाउँ गाविसका निर्वमान गाविस अध्यक्ष कर्णध्वज जिसीको विशेष आतिथ्यता रहेको छ । त्यस्तै स्थानिय राजनैतिक दल , समाज सेवी , शिक्षक बुद्धिजिवी , सञ्चारकर्मी र कलकारहरुको सहभागिता रहेको छ । प्रमुख आकर्षणका रुपमा गायिका शिलु भट्टराई , गायकहरु केशव कुँवर महेन्द्र भण्डारी , गणेश अधिकारी लगायतका कलाकारहरु रहेका छन् ।
beautyplus_20160916144006_fastप्रतियोगितामा १० टिम रहेको आयोजकले जनाएका छन् । क्लवका अध्यक्ष अशोक सोमैको अध्यक्षता रहेको कार्यक्रममा सचिव वुद्ध पाण्डेको स्वागत मन्तव्य र उपाध्याक्ष समुन्द्रविक्रम रायमाझीको सञ्चालन गरिरहेका छन् ।

Comments

comments

Comments are closed.