पेँगा निमाविमा व्यवस्थापन समिति गठन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष २६ । पेंगा निम्न माध्यामिक विद्यालय बडागाउँ ५ पेंगा गुल्मीको विद्यालय व्यवस्थापन समिति आज गठन गरिएको छ । श्रोत व्यक्ति चुराबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा बसेको अभिभावकहरुको भेलाले ओमबहादुर रायमाझीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको हो ।
सदस्यहरुमा शंकरबहादुर रायमाझी, चन्द्रकला जिसी, ओमकुमारी जिसी, यामबहादुर बिक, मनरुपा पाण्डे , सदस्य सचिव प्रधानध्यापक अर्जुनबहादुर मिदुन र शिक्षक प्रतिनिधी रमेश केसी चयन गरिएको शिक्षक अशोक सोमैले जानकारी दिए ।
त्यस्तै सोही भेलाले शिक्षक अभिभावक संघ राजबहादुर बिकको अध्यक्षतामा गठन गरेको छ । सदस्यहरुमा विष्णु खड्का , पदमबहादुर रायमाझी , ईश्वरा रायमाझी रेशम रायमाझी , शारदा खड्का , लालबहादुर पाण्डेय र मोतीबहादुर नेपाली चयन गरिएको छ ।
भेलाले १३ सदस्यीय सल्लाहकार समिति समिति समेत गठन गरेको जनाईएको छ । ओमबहादुर रायमाझीको अध्यक्षतामा वसेको भेला कार्यक्रमको सञ्चालन शिक्षक अशोक सोमैले गरेका थिए ।

Comments

comments

Comments are closed.