पूर्वराजा ज्ञानेन्द्र वसन्तपुरमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

राजसंस्थाको अन्त्य भइ मुलुकमा गणतान्त्रिक शासन व्यवस्था सुरु भएको ८ वर्ष पूरा भएपनि पूर्वराजसंस्थाप्रति सर्वसाधारणको मोह देखिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पूजाआजाका लागि काठमाडौंको वसन्तपुरस्थित पचली भैरव र गणेश मन्दिर पुगेकामा शाहलाई हेर्ने सर्वसाधारणको भीडका कारण प्रहरीलाई वसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन निकै हम्मेहम्मे परेको छ।
exking-gyanendra
पूर्वराजा शाहलाई माला र पुष्पगुच्छा दिन वसन्तपुर क्षेत्रमा पंचकन्या र महिलाहरुलाई लाइन लगाएर राखिएको थियो । तर सर्वसाधारणको भीड बढेपछि शुभेच्छुकहरुका हातबाट माला र पुष्पगुच्छा लिन पूर्वराजा शाहले समेत सास्ती व्यहोनुपर्‍यो । आफ्नो समर्थनमा शुभेच्छुकहरुको भीड लागेपछि हर्षित मुद्रामा देखिएका पूर्वराजा शाहले पचली भैरव र गणेश मन्दिरमा एक घण्टा लगाएर पूर्जाआजा गरे।
पूजाआजापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै पूर्वराजा शाहले देशमा शान्ति र स्थिरता होस् तथा सबै देशवासीको मनमा खुशी छाओस् भनेर प्रार्थना गरेको बताए।
पूर्वराजा शाहले दशैंभर शक्तिपीठहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको उहाँका सहयोगीहरुले बताएका छन् ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.