छिमेकका समाचारसमाज

पानी पर्दा बाटो हिंड्नै डर

पाल्पा, ९ साउन । रूपन्देहीबाट पाल्पा र गुल्मी जोड्ने लाइफलाईनको रूपमा रहेको सिद्धार्थ राजमार्गको पाल्पा तिनाउ गाउँपालिका क्षेत्रको सडक सुधारमा कसैले पनि चासो नदिँदा सडक जीर्ण बनेको छ ।

एकातिर पहिरो खस्ने डर, अर्कोतिर सडकको दुरावस्थाका कारण तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रको सडक यात्राका लागि जोखिमपूर्ण बनेको छ । जसको सुधारका लागि सरोकारवाला निकायले खासै चासो दिएका छैनन् । वर्षेनी गरिने अध्ययन र अवलोकनपछि जोखिमपूर्ण क्षेत्रमा सुरुङमार्ग बनाउने र वैकल्पिक उपायको खोजी गर्ने प्रचार गरिए पनि सुधारका लागि खास काम भएको छैन । जसका कारण पानी परेपछि सो सडकमा यात्रा गर्न डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।

सिद्धार्थ राजमार्गको बर्तुङ्–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्र चार वर्षदेखि मर्मत हुन नसक्दा ठूला खाल्डा बनेको छ । खोला नै सडकबाट बग्छ । खाल्डाखुल्डीकै कारण सडकमा दैनिकजसो सानाठूला दुर्घटना हुने गरेको छ । मोटरसाइकल यात्रा गर्न कठिन भइसकेको छ । केही दिनयताको वर्षाले साना सवारी साधनसमेत संचालनमा समस्या आएको छ ।

हरेक वर्ष ज्यानमारा सडक सिद्धबाबा क्षेत्रको विकल्प छिटो निकाल्नुपर्ने माग पनि हुन्छ । कुरा ठूला हुन्छ तर काम केही हुँदैन । रकनेट र रकसेडका कुरा आए । तर विकल्प देखिएन ।

यहाँ थोरै मात्रै परीक्षण भयो । सांसद, नेता सबैले यसलाई चर्चामा ल्याए । तर यहाँको समस्या समाधान गर्न सकेका छैनन् । सुरुङ् मार्गका चर्चा चले तर राजनीतिक दलका नेताले आफ्ना कार्यकर्ताको स्वार्थका लागि नुवाकोटको बाटोमा कालोपत्रे गर्न सडक सुरु गरे । ‘सबैभन्दा गतिलो माध्यम भनेको सुरुङ् मार्ग नै हो,’ स्थानीय विष्णुप्रसाद पाण्डेयले भने ।

पाल्पाको विकासे कार्यालयको समीक्षामा पनि यस विषयलाई प्रमुख बनाइन्छ । कांग्रेस, एमाले, एनेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति, अखण्ड नेपाल, नेकपा ड्यास माओवादीलगायतका जिल्ला स्तरीय नेताले सडकको छिटो विकल्प माग गर्छन् ।
माथिल्लो तहका नेताले जे गर्छन् सोहीअनुसार अघि बढ्छन् तर, सिद्धबाबाको समस्या समाधान हुन नसक्दा वर्षेनी धेरैले ज्यान गुमाउनु परेको छ । यसअघि पनि धेरै ठूला घटना सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा भएका छन् ।

झुम्सादेखि चिडियाखोलासम्मको क्षेत्रमा ठूला घटना भएका छन् । पुरानो सम्झने हो भने २०६२ असोज पहिलोसाता गुल्मीबाट वुटवल छुटेको यात्रुबाहक बस सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डको सिद्धबाबा नजिकै पहिरोले पुरियो । ट्रकलाई साइड दिने क्रममा केहीबेरको ढिलाइले भएको दुर्घटनामा ११ जना यात्रुसहित बस माथिबाट खसेको पहिरोमा पुरिएका हुन् ।

२०५५ भदौमा २६ जनाको ज्यान जानेगरी हिलोमाटोस“ंगै आएको पहिरोले बस तिनाउ खोलामा खस्यो । २०५४ साउनमा ३९ जनाको ज्यान जानेगरी बस सिद्धबाबा क्षेत्रबाटै तिनाउ खोलामा खस्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार त्यसकै अघिल्लो वर्ष साउनमा ८ जनाको ज्यान जाने गरी बस खसेको तथ्यांक ट्राफिक प्रहरीसं“ग छ ।

यी प्रहरीसंग भएका ठूला घटनाका उदाहरण मात्र हुन् । साना घटना धेरै भएका छन् । विगत १५ वर्षको तथ्यांक हेर्ने हो भने तानसेन–बुटवल ३८ किलोमिटर सडकमा ३ सय बढीको ज्यान गएको छ । ट्राफिक र प्रहरीका अनुसार ७ सय बढी घाइते र अंगभंग भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी हरिराज वाग्ले भन्छन्, ‘सुरुदेखि नै सिद्दार्थ राजमार्गको सिद्धबाबा क्षेत्र दुर्घटनाग्रस्त क्षेत्र देखिन्छ ।’ किनभने वर्षेनी १२ जनाको सरदर मृत्यु भएको तथ्यांक प्रहरीसँग छ । कुनै वर्ष ठूलो वस दुघर्टना भएका छन् । पहिरो खसेर, ढुंगा झरेर र दुघर्टना भएर मृत्यु हुने गर्छ । राजमार्गको चिडियाखोला–दोभान ६ किलोमिटर खण्डमा हरेक वर्ष ज्यान जान्छ ।

राजमार्गमा करोडौं बजेटको मर्मत–सम्भार हरेक वर्ष हुन्छ । प्राविधिकहरूका अनुसार माटोको पत्रले अड्याएको चट्टाने भीर खोस्रेर सडक बनाउनु नै समस्या हो । प्राविधिक विषय बुझेका जानकार भीमसेन कार्कीले भने, ‘यस क्षेत्रमा हिउ“द वर्षा ढुंगा खस्ने र पहिरो जाने गर्छ । यसको समस्याका लागि वैकल्पिक मार्ग आवश्यक देखिएको छ ।’

प्रत्येक वर्ष आउने बजेटमा निर्माण व्यवसायी र सडक डिभिजनका प्राविधिकको आ“खा गड्छ । जसले गर्दा सडकको गुणस्तर राम्रो हु“दैन । खाल्डाखुल्डी बढी हुन्छ । घुम्ती बाटोमा खाल्डाखुल्डी बढी भएपछि सवारी साधन बिस्तारै गुडाउनुपर्छ । चालक कृष्णप्रसाद पराजुलीले भने, ‘विस्तारै गुडाउ“दा माथिबाट खस्ने ढुंगा र पहिरोले च्याप्छ । केही दिनअघि भएको दुघर्टना पनि त्यही नै हो ।’

सडक डिभिजन स्रोतका अनुसार सिद्धबाबा क्षेत्रमा १० वर्षलाई पुग्ने योजनामा ठेक्का लागेको दोस्रो वर्षमै उही प्रकृतिको अर्को ठेक्का लाग्ने गर्छ । सडक डिभिजन कार्यालयका इन्जिनियर पवित्रमणी आचार्यले भने, ‘यस क्षेत्रको भौगोलिक संरचनाले नै समस्या ल्याएको छ । जसले गर्दा आरसीसी र पिसीसी टिकाउन समस्या छ ।’ स्थानीय र चालक भने राजमार्गको यो खण्ड इन्जिनियर, कर्मचारी र ठेकेदारहरूले मिलेर गुणस्तरहीन काम गरेको आरोप लगाउ“छन् । चालकहरूका अनुसार कु“दायो भने दुघर्टना हुने खतरा हुन्छ । सुस्त चलाउ“दा माथिबाट पहिरो र ढुंगा आउने खतरा छ ।

सडकमा भएका खाल्डाखुल्डी, माथिबाट खस्ने पहिरो र उवडखावडकै कारण यहा“ धेरैले ज्यान गुमाएका छन् । सडकले हरेक वर्ष मर्मत गर्छ । डिभिजन सडक कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको चिडियाखोला–राम्दी ६४ र बर्तुङ्ग–तम्घास गुल्मी ७९ किमी खण्डमा मर्मतसुधारमा ७ वर्ष यता २२ करोड बढी खर्च भईसकेको छ । तीन वर्षअघि मात्रै करोड खर्चेर गरेको आरसीसी (रिनफोर्समेन्ट सिमेन्ट कंक्रिट) अहिले भत्किसकेको छ । माथिबाट ढुंगा खसेर भत्केको सडक डिभिजन बताउने गर्छ । विगतमा अत्यधिक दुर्घटना हुने दोभानको सिद्धबाबा क्षेत्रको ५ किलोमिटरलाई अझै बढी खतरा छ । यस्तै, मस्यामको केरावारी, चौविसमाईल, झुम्सा, हिउ“देखोला, डुम्रेलगायतका स्थानको हालत उस्तै छ ।

‘भौगोलिक क्षेत्रको कठिनाइले गर्दा कहा“ पहिरो खस्छ भन्ने पनि थाहा हँुदैन । पहाडी चुरेको बनौट त्यस्तै भएकोले समस्या आएको हो,’ इन्जिनियर आचार्यले भने । उनका अनुसार सडकको माथिबाट ठुलाठुला ढुंगा खस्ने भएकाले टिकाउ हुन नसकेको हो । २०७०÷०७१ को बजेटमा सरकारले सिद्धार्थ राजमार्गको मर्मत सुधार र दोभान, झुम्सा सडक खण्डमा सुरुङ् मार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको थियो । तर अहिलेसम्म काम सम्पन्न भएको छैन ।

अहिले मर्मतको काम भइरहेको भए पनि वर्षौंदेखि निर्माण व्यवसायील काम सकेको छैन । क्षमताभन्दा बढी भार बोकेका सवारी साधनहरू गुड्नु, भूक्षय तथा पहिरो नियन्त्रण हुन नसक्नु प्रमुख कारण हुन् । यातायात व्यवस्था कार्यालयले क्षमताभन्दा बढीभार भएका सवारी संचालन गर्न दिन नहुने स्थानीय तिलक खत्रीले बताए । रूपन्देहीको वुटवलबाट ठुलो पहाडको खोंचबाट राजमार्ग लगिएको छ । कमजोर भूःभाग भएकाले यस भेगमा बढी पहिरो खस्ने गरेको प्राविधिकहरू बताउ“छन् ।

अत्यधिक दुर्घटना बढेपछि सिद्धबाका क्षेत्र सडकको वैकल्पिक मार्ग खोजीलाई तीव्रता दिएको छ । डिभिजन सडक कार्यालयले अग्रसरता लिएर वैकल्पिक मार्गको खोजीअनुसार नै नुवाकोटको बाटो कालोपत्रेको काम अघि बढेको छ । पुल निर्माण भइरहेको छ । महेन्द्र राजमार्गको बुटवल औद्योगिक क्षेत्रदेखि चरङ्गे–ज्यामिरे–झुम्साको खोजी भएको डिभिजन सडक कार्यालयले जनाएको छ । यस क्षेत्रको प्रारम्भिक अध्ययनमा बढीमा १६ किलोमिटर नया“ कालोपत्रे सडक बनाउनुपर्छ ।

महेन्द्र लोकमार्गको बेलबास(बुटवल)–नुवाकोट–झुम्सा (सिद्धार्थ लोकमार्ग) १७ किलोमिटर रहेको छ । एकाथरी रूपन्देहीको चरङ्गे आसपासबाट सडक निर्माण गरेर ज्यामिरे गाउ“ (दोभान) आसपासमा जोड्न सकिन्छ भन्दै थिए । केही नेताले नुवाकोटबाट बजेट पारे ।

धुले र हिले पहिरो खसेर धेरैको ज्यान जान थालेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन समस्या भएको छ । संभावित जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय, प्रहरी र डिभिजन सडकले सतर्कता बढाउनुपर्ने अवस्था आएको हो । जोखिम मानिएको ५ किलोमिटर क्षेत्रमा ट्राफिक जाम हुन नदिन प्रहरी परिचालन गर्नुपर्ने बाध्यता छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जोखिम क्षेत्रमा सवारी साधन रोकिन नदिने गरी व्यवस्थापन मिलाइएको बताए । उनले भने, ‘अहिले काम भएका स्थानमा तत्काल काम सक्न निर्देशन दिइएको छ । बाटो नरोकियोस् भनेर दोभान चौकी नजिकै डोजर खडा गरिएको छ ।’ कतिपय स्थानमा एकतर्फी मात्र सवारी गुड्ने व्यवस्था गरिएको छ ।

वर्षाको अवधिभर चुनढुंगा बोक्ने टिपरलाई दिउ“सोको समयमा गुड्न रोक लगाइएको छ । सम्भावित खतरालाई मध्यनजर गर्दै डोजर र स्काभेटरलाई पहु“चमै राखिएको छ । दुवैतर्फ अपरेटर पनि तयारी अवस्थामा बसेका हुनेछन् ।’ सिद्धबाबा क्षेत्रको ट्राफिक व्यवस्थापन र डोजर अपरेटरलाई दोभान प्रहरीले परिचालन गर्नेछ । प्रहरी त्यस क्षेत्रमै हुने भएकाले पहिरो खस्न सुरु गरेको अवस्था वा खतरा महशुस भएमा तत्काल सवारी रोकिनेछन् ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।