पाईप प्रकरणः खानेपानीमा चन्द्रग्रहण

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन–२७ । हिजोको पाईपबरामद  प्रकरण विभिन्न सञ्चार माध्यममा आए लगत्तै खैलाबैला मच्चीएको छ । गाउँ गाउँमा व्यापक आलोचना सुरु भएको छ भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय उपल्लो तम्घासमा त पाईप प्रकण चन्द्रग्रहण लागे जस्तै बनेको छ ।

युवा संघ र अनेरास्ववियुले एक ट्याक्टर पाईप वरामत गरेको र अर्को एक ट्याक्टर भुसाल टे«डिङ्ग कन्र्सनको गोदाममा झारी सकेको भन्ने आरोप पनि पुष्टी भएको छ । त्यस कन्र्सनका तारा भुसाल उक्त पाईप विवाद स्पद भएकोले आफुले हिजो साँझ ७ वजे गोदामबाट जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाई दिएको बताएका छन् ।
आज विहान बसेको यहाँका राजनैतिक दल र पत्रकारहरु विच भएको छmलफलमा भुसालले आफुहरुलाई अनाहकमा प्रयोग गरिएको प्रतिकृया दिए । विवादित नहोला र थोरै परिमाणमा होला भन्ने ठानेर मैले खिल्ध्वज दाईको आग्रहमा गोदाममा राखी दिएको हुँ भन्दै जसका कारण आफ्नो नाम मुछिन गएको प्रति भुसालले दुखेसो व्यक्त गरे ।
छलफलमा नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले भुसाल जिल्लाको जिम्मेवार पत्रकार समेत भएकाले यस्ता कुरामा पहिल्लै सावाधानी हुनु पर्ने सुझाव दिए । सोही पार्टीका सचिव सोमनाथ सापाकोटाले हिजोको पाईप प्रकरण मात्रै नभएर यस्ता थुप्रै राजनैतिक दुरुपयोगका कुरा निगरानी र भण्डाफोरको विषय भएको धारणा राखे ।
गाउँ गाउँमा पाईप , दुई चार वोरा सिमेन्ट , जस्ता पाता र सोलरको राजनिती गर्नेहरुले नेकपा माओवादी केन्द्रलाई समेत आजित पारेको सो पार्टीका केन्द्रिय सदस्य बुद्धि जिसीले बताउँदै एमालले गरेको युक्त कार्य प्रति धन्यबाद दिए ।
अखण्ड नेपालका अध्यक्ष नेत्रबहादुर बस्नेतले न विल न भर्पाई भएर गोदाममा थन्काईएको सरकारी पाईपहरुका विषयमा गम्भीर छानविन हुनु पर्ने विचार व्यक्त गरे ।

मासु भात खाँदै अनुगमनमा जानुको अर्थ छैन
अखण्डका अध्यक्ष बस्नेतले छलफलमा निकै घत लाग्दो कुरा राखे । उनले भने ‘अव हामी राजनैतिक दलहरु मसु भात खाँदै विकास निर्माणको अनुगमन गर्न जानुको कुनै अर्थ छैन् । ’
एकातिरको विकास अर्को तिर हालेको पनि थाह छैन् । अनि ठाउँ ठाउँमा केहि नेताहरुको दवावमा रकम पार्ने त्यस रकमको आधा पैसा उ संग मागेर त्यसबाट कार्यकर्ता किन्ने प्रबृद्धि बढेको भन्दै बस्नेतले दलहरुको अनुगमन अनियमित्तालाई अनुमोदन भएको आशय व्यक्त गरे ।
गुल्मी जिल्ला अनुगमना मासु र भात मात्रै खाईदैन । दलका नेताहरु सहित रोजिन्दा अर्थात खोज होईन रोज पत्रकारहरुलाई समेत लगरे टिल्ल दारुपानी गराईन्छ ।
मानौ कि त्यो अनुगमन होईन मोज मस्तीका लागि भ्रमण बन्ने गरेको छ । कथित अनुगमनमा एउटै क्षेत्रमा दुई लाख झ्याम्म हुन्छ । यो संस्कृतिले कुनै पनि विकास निमाणमा ३० प्रतिशत पनि काम नहुने गरेको जानकारहरु आफै खुलासा गर्दै आएका छन् ।
नेता बस्नेतले यहि विषयको बढि निगरानी हुनु पर्ने र काम सकेर मात्र अनुगमन हुनु पर्नेमा जोड दिए । नयाँशक्ती नेपालका नेता घनश्याम पाण्डेले पनि केहि नेताहरुमा आफै रकम पार्ने आफै खाने संस्कृति मौलाएको भन्दै खेद व्यक्त गरे । पत्रकारहरुले यस्ता विषय जोडदार ढंगले उठानु पर्नेमा उनको पनि जोड थियो । नेपाल परिवार दलका नेता पशुपति पाण्डेले पनि यो विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे ।

रातौंरात भ्याट विल प्रहरीमा
हिजोको पाईप काण्डलाई बैधानिक बनाउन निकै चलखेलहरु सुरु भएको आज विहानको छलफलमा चर्चा गरिएको छ । माओवादी केन्द्रका नेता बुद्धि जिसीकै अगाडी वरामद् गरिएका पाईपहरुको भ्याट विल साँझ सात वजे तिर जिल्ला प्रहरी कार्यालयमा पुराईएको नेता जिसीले छलफलमा खुलासा गरे ।
उता रातौरात आँपचौरको उपभोक्त समिति आएर हामीले लेखाबढी गरेरै पाईप बुझेका हौं भन्दै विज्ञप्तीवाजी र पत्रकारहरु संग चर्को चर्को स्वर गरेको पत्रकार महासंघका निर्वतमान अध्यक्ष घनश्याम गौतमले बताए ।
बुझेरै लगेको पाईप भए पुर्वतिर लाग्नु पर्ने ट्याक्टरको पाईप पश्चिम वेदुखर्क र यता माईकास्थान तिर युवा संघले कसरी पक्राउ गरे त ? भनेर विहान व्याङ्ग पनि गरियो । केहि दिन अघि अर्खलेको साउनेथुममा काग्रेसमा प्रवेश गराईएका कार्यकर्तालाई रिझाउन जिपमा लैजाँदै गरिएको ५ रोल पोलिथिन पाईप आफुहरुले वेदुखर्कमा पक्राउ गरिएको एमाले कार्यकर्ता हरिप्रसाद पोखरेलल बताए ।
हिजो भुसाल टे«डिङ्गको गोदाममा थन्काईएको ११ रोल भनिएको पाईप र माईका स्थानमा पक्राउ गरिएको एक ट्याक्टर पाईप कुन उपभोक्ता समितिको नाममा छ भन्ने कुरा खुल्न सकेको छैन् । एमाले कार्यकर्ताले खानेपानी कार्यालमा तालावन्दी गरे पछि कागज पत्र मिलाउने कुरामा पनि थप चन्द्रग्रहण लागेको एमाले कार्यकर्ताहरु बताउँ छन् ।
अनेरास्ववियुका संयोजक राजेन्द्र विक्रम कुँवरले तम्घासका व्यापारिको गोदाममा सरकारी पाईप थन्काईनुका पछाडी गहिरो नियति रहेको आरोप लगाए । विहानको सर्वदलिय छलफलमा नेपाली कांग्रेसका नेताहरुको सहभागिता थिएन ् ।
एमाले नेता मधुकृष्ण पन्तले फोन गरेर कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठलाई वोलाए उहाँ नआएको उनले गुनासो गरे । पन्तले भने हामी सिङ्गो काग्रेस प्रति आक्षेप लगाउन खोजेको होईन केवल त्यस्तो कार्य गर्ने केहि नेता कार्यकर्ता प्रति हो उहाँ आउनु पर्दथ्यो । यस पाईप प्रकरणमा काग्रेस सचिव खिलध्वज पन्थीको नाम मुछिएको छ तर उनले आफुलाई केहि थाह नभएको जिकीर गर्दै आएका छन् ।

गाउँ गाउँमा व्याङ्ग सुरु
तिब्र रुपमा केहि राजनैतिक दलले केहि दिन यता अगाडी बढाएको पार्टी प्रवेश कार्यक्रम लज्जास्पद् बन्दै गएको छ । प्रवेश गरेका कार्यकर्ता हिजो वरामद गरिएको पाईप प्रकणबाट लज्जीत भएका छन् ।
दजाकोटमा १ हजार मिटर पाईप वितरण गरेको पोल खुले पछि त्यहाँबाट काग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई विपक्षीहरुले अनेक टाईपका कार्यकर्ता, पोलिथिन पाईपका कार्यकर्ता भन्दै जिस्काउन थालिएको बताईएको छ ।
त्यहाँ भन्दा माथी माझागाउँमा अग्नी पिडितका लागि आएको पाईप पहिला चोरेर अन्यत्रै लगिएको र पछि पैचो लगेको भन्ने पारिएको स्थानियवासीले बताए । आँपचौर र शान्तिपुरमा कुन खानेपानी उपभोक्ताको नामा पाईप निकासी भए नभएको बुझ्न एक टोली त्यस तर्फ लागेको बताईएको छ । पाईप प्रकरण कि चन्द्रग्रहण भएको त्यस कार्यालयका डिभिजन प्रमुख वालमुकुन्द श्रेष्ठ पुर्कोटदहबाट नफर्किए सम्म यस प्रकणको भित्रि रहश्य खुल्न सकेको छैन् ।

Comments

comments

Comments are closed.