पाईप प्रकरणः अनियमित्ताको ज्वालन्त उदाहरण – माओवादी केन्द्र

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र– १ । केहि दिन अघि गुल्मीमा भएको सरकारी पाईप व्यवसायीका गोदामा लैजाँदै गर्दा पक्राउ भएको सम्वन्धी प्रकरणका विषयमा आज माओवादी केन्द्र गुल्मी जिल्ला संगठनले आफ्नो धारणा सार्वजानिक गरेको छ ।

उसले सदरमुकाम तम्घासको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पाईप प्रकरण गुल्मी जिल्लामा हुने गरेको अनियमित्ताको प्रष्ट देखिएको ज्वालन्त उदाहरण भएको धारणा सार्वजानिक गरेको हो । जिल्ला पार्टीको बैठकले उक्त पाईप प्रकरणलाई अनियमत्तिाको पछिल्लो उदाहरण भएको ठहर गरेको सो पार्टीका सह–ईञ्चार्ज तथा पोलिट्व्युरो सदस्य सुदर्शन वरालले बताए ।
उनले पाईप पकरणको यतिका दिन सम्म पनि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले त्यसको सत्य तथ्य वाहिर ल्याउन नसक्नुकोे मुल कारणले पनि अनियमित्तालाई पुष्टी गरेको बताए । छानविन समिति र पाईप पक्राउ गर्ने नेकपा एमालेका प्रतिनिधी लगाईएको ताला खोल्न जाँदा माथील्ला तलाको ढोकामा लगाईएको ताला काट्न खोजिएको, झयालका सिसा फोरेर भित्र कागज पत्र मिलाउन खोजेको पाईएको लगायतका विषय नेकपा एमालले बताई रहँदा माओवादी केन्द्र गुल्मीले पनि यस घटनालाई गम्भीर रुपमा लिईए यथासिघ्र छानविनको माग गरेको नेता वरालले बताए ।
सो कार्यालयबाट सत्य तथ्य कुरा वाहिर आउनुको सट्टा सामाजिक सञ्चालबाट पत्रकारिता क्षेत्रलाई वदनाम गराउने गरी आएका गालीगलौज प्रति सो पार्टीले निन्दा गरेको छ । ‘सञ्चार माध्यममा आएका परिदृश्यहरु प्रकरणमा जे थिए ति सत्य तथ्य वाहिर आएका छन्’– नेता वरालले भने – अव सम्वन्धित निकायबाट धारणा छिटो वाहिर ल्याउनु पर्छ भन्ने मैं जिम्मेवार राजनैतिक दलको जोड हुनु पर्दछ । ’
प्रेस विज्ञप्तीमा भनिएको छ –‘हालै जिल्लामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालमा भएको घटनाको सन्धर्भमा हाम्रो पार्टीको गम्भीर ध्यानकृष्ट भएको छ । सवन्धित घटनाको छानविन गरी संवन्धित कार्यालका प्रमुख लगायत संलग्न सवैलाई कार्वाहीको लागि हामी जोडदार माग गर्दछौं । ’

Comments

comments

Comments are closed.