पाँच नम्बर प्रदेश टुक्राएको बिरोधमा गुल्मीमा सरकारी कार्यालयको कामकाज ठप्प

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर १७ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा २ घण्टा धर्ना बसी कार्यालय प्रमुख तथा कर्मचारीलाई प्रबेशमा रोक लगाएर कामकाज ठप्प पारेका हुन । सरकारीरी कार्यालयमा प्रर्दशन पछी बजारमा प्रर्दशन समेत गरेका छन् । बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाछन् । gulmi-andolan-3
सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ३ दिनदेखि गुल्मी अनिश्चित कालिबन्द हुदै आएको छ । जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । बन्द कर्ताले जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न ठाउँमा टायरबाले नाराबजी गर्दै प्रर्दशन गर्ने गरेका छन् ।
गुल्मीमा रहेका बिद्यालयहरुमा परिक्षा सञ्चालन भइरहेको भन्दै शैक्षिक संस्थाहरु भने बिर्वात रुपमा सञ्चालनमा आएका छन् । जिल्लामा उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्ला स्थित कांग्रेस, एमाले,माओवादी केन्द्र लगायत जिल्ला स्थितक्रियाशिल राजनितिकदल, बिभिन्न पार्टीका बिद्यार्थी संगठन, नागरिक समाज, स्थानियको समर्थनमा गुल्मीमा प्रर्दशन हुदै आएको छ । बिहान देखि बन्द बजार साँझ ५ बजे देखि बिहान ५ बजे सम्म खुल्ने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो । अन्दोलनको थप छलफल र भावी रणनिति बारे जिल्लाका राजनितिक दल, उद्योग वाणिज्य संघ लगायको एक टोली छलफलको लागी वुटवल पुगेका छन् ।

gulmi-andonal-1 gulmi-andolan-2

Comments

comments

Comments are closed.