पहिरो पीडितलाई विदेशबाट आर्थिक सहयोग

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ३२ साउन । गुल्मीको दर्लिङ गाविसका पहिरो पीडित परिवारलाई साउदी अरबमा रहेका नेपालीको पार्टी बिवेकशिल नेपाली पार्टीले आर्थिक सहयोग गरेको छ ।
बिवेकशील नेपाली पार्टीमा आवद्ध साउदी अरबमा कार्यरत नेपालीले पहिरोले बढी क्षति पु¥याएको दर्लिङको दलित बस्तीका पीडित परिवारका लागि ११ हजार रुपैंया सहयोग गरेका हुन् । रोजगारीका लागि गुल्मीको हर्दिनेटाबाट साउदी अरबमा पुगेका मधुकृष्ण पन्थको पहलमा रकम संकलन भएको हो ।
रोजगारीका लागि साउदी अरबमा रहेका पन्थ मार्पmत संकलन गरिएको रकम दर्लिङ गाविसका सचिव गोपाल सेन मार्पmत दर्लिङ ३ कसिलाबा“झका लिलबहादुर विक, मिना विक, डिला विक, शशिराम घर्ती, शशिराम विक, वार्ड नं. २ का दुर्गा विक, बोमे विक, ५ का माया विक, शशि विक, ८ का ओमप्रकाश विक र ९ का बोमबहादुर विकलाई वितरण गरिएको छ । पहिरोले दर्लिङमा मात्र ६७ घर प्रभावित भएका छन् । ति मध्ये पनि वार्ड नं. ३ को दलित बस्ती पुरै विस्थापित भएको छ । विस्थापित दलित परिवारका सबै भन्दा बढी प्रभावितलाई खाजा खर्चका लागि बिवेकशिल नेपाली पार्टीले सहयोग गरेको संकलनकर्ता पन्थले बताए । ‘उनीहरुको पीडामा मलम थप्ने हाम्रो सानो प्रयास मात्र हो ।’, उनले भने ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *