पहिरो कारण सोता फाँटको ३५ हेक्टर खेतमा लगाइएको धान खेती जोखिममा

  •  
  •  
  •  
  •  
  •  

गोपाल भण्डारी
अबिरल बर्षा पस्चात गएको पहिरोको कारण सोता फाँटको ३५ हेक्टर खेतमा लगाइएको धान खेती उच्च जोखिममा परेको छ । तुराङ र रुपाकोट जोड्ने मजुवा स्थित हुग्दिखोलाको पक्कीपुल वारि पट्टि थरथरे भन्ने स्थानमा १ हप्ता अगाडिको अविरल वर्षाको कारण गएको पहिरोले कुलो भत्काउँदा खेती जोखिममा परेको हो । कुलो माथी माटोको डिस्को अडकिएर रहेको कारण तलबाट जति सफा गरेपनी माथीबाट पहिरो झरेको कारण पानी सुचारु गर्न सकिएको छैन । भिरको तल कुलो रहेको हुँदा मर्मतको काम गर्दा पनि उच्च जोखिम देखिएको छ । पटक पटक तल काम गर्ने क्रममा माथीबाट पहिरो झरेको कारण काम गर्न पनि समस्या परेको छ ।
rupakot news

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *