पश्चिम वाग्लुङ्गको निर्वाचन शान्तिपुर्ण

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी , बैशाख–३१ । गुल्मीको सिमानामा रहेको पश्चिम वाग्लुङ्ग क्षेत्र नम्वर–३ मा हिजो साँझ वम पड्काएर जनमानसमा आतंक सिर्जना गर्ने दुष्प्रयास गरिए पनि आज विहानै देखि सवै मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहनक सहभागिता देखिएको छ । वाग्लुङ्गका कुल १ सय ९२ मतदान केन्द्रहरुमा निर्धक्क संग मतदाताहरु मतदान कार्यमा सहभागि भई रहेका छन् ।

पश्चिम वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वुर्तिबाङ्ग मतदान केन्द्र , गलकोट नगरपालिका, जैमनी नगरपालिका, उता काठेखोला गाउँपालिका, तमान खोला , निसीखोला , तारा खोला , र बढिघाट खोला गाउँपालिका मतदान केन्द्रहरुमा यो समाचार तयार पार्ने वेला सम्म कुनै अप्रिय घटना घटेका छैनन् ।

बढिघाट खोला गाउँपालिका वडा नम्वर–२ अन्तरगत खरवाङ्गको त्रिभुवन माध्यामिक विद्यालयको क केन्द्रमा ९७ वर्षिय बृद्ध गोविन्द्रलाल पाध्यायले मदतान गरेको वाग्लुङ्गका पत्रकार कमल पौड्यालले जानकारी दिए । सो केन्द्रमा १५ सय ३२ मतदाता रहेका छन् ।

वुर्तिवाङ्गका पत्रकार राम सुवेदीका अनुसार ढोरपाटन नगरपालिकाको वुर्तिवाङ्ग स्थित उत्तरगंगा उच्च माह्यामिक विद्यालय केन्द्रमा ९ सय ६६ जना मध्ये यो समाचार तयार पार्ने वेला सम्म ४५ प्रतिशतले मतदान गरी सकेका छन् । सोही नगरपालिकाको साविकको वोवाङ्ग गाविस स्थित ज्ञानोदय मावि केन्द्रमा पनि शान्तिपुर्ण रुपमा मदनान भई रहेको छ ,।

गल्कोटबाट पत्रकार वालकृष्ण सुवेदीका अनुसार नरेठाँटी स्थित महेन्द्र मावि केन्द्र , गल्कोट हटियाको दुदिला भाटी , मल्म , काँडेवास हर्राचौरका मतदान केन्द्रमा पनि उत्साह जनक सहभागीता र शातिपुर्ण रुपममा मतदान चलिरहेको छ ।

पश्चिम वाग्लुङ्गमा को कहाँ उमेदवार ?
बागलुङको गलकोट क्षेत्र देखि सुदूर पश्चिम निसी भूजी सम्म ओगटेको क्षेत्र नम्वर ३ मा एक मात्र नगरपालिकाको मेयर उपमेयर को बन्ला भन्ने चासो धेरैको रहेको छ ।

ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकामा मेयर पदमा काँग्रेसका अर्जुन शेरचन, एमालेबाट देवकुमार नेपाली, माओवादी केन्द्रबाट शेरमान घर्ति मगर र राष्ट्रिय जनमोर्चाबाट गौरीश्वर पाण्डेले उमेदवारी दिएका छन् । यता सामान्य जनमत भएको राप्रपाबाट निमबहादुर भण्डारी र नयाँ शक्ति पार्टिबाट टेकबहादुर कुवँरले उमेदवारी दिएका छन् ।
उपमेयरमा राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गादेवी घर्ति, काँग्रेसका तर्फबाट दलित महिला उमेदवार समेत रहेकी दीलमायाँ पौवी रहेकी छिन् ।

तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा, एमालेका दल प्रसाद सापकोटा र माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट संयुक्त तालमेलगरी सुर्य श्रीपाली अध्यक्ष पदमा उमेदवारी दिएका छन् । उपाध्यक्ष पदमा भने काँग्रेसबाट मानकुमारी शेरचन र राष्ट्रिय जनमोर्चा तर्फबाट डोरबहादुर क्षेत्री रहेका छन् ।
साविकको तमान, खुँगखानी र बोंगादोभान गाविस जोडिएका छन् । हाल ६ वडा कायम गरिएको तमानखोला गाउँपालिकाको वडा नं. ३ र ६ मा काँग्रेसका वडा अध्यक्ष निर्विरोध भइसकेका छन् ।

निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाका अध्यक्ष पदमा काँग्रेसबाट तारानाथ शर्मा, माओवादी केन्द्रबाट प्रेम घर्ति र राष्ट्रिय जनमोर्चाबाट एमालेसँगको तालमेलबाट खिम विक्रम शाही र काँग्रेसबाट असन्तुष्ट प्रकाश कुवँरले अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।
उपाध्यक्ष पदमा काँग्रेसका शोभा कुमारी कार्की , एमालेका रुद्र पौडेल र माओवादी केन्द्रका यसोदा रेग्मी छन् । उनीहरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बडीगाड गाउँपालिका
बडीगाड गाउँपालिकामा प्रमुखको पदमा काँगे्रसबाट गण्डकी थापा अधिकारी, एमाले र माओवादी केन्द्रको तालमेलबाट मेयरसिंह पाईजा र राष्ट्रिय जनमोर्चाबाट भिमसेन वन उमेदवार छन् ।

Comments

comments

Comments are closed.