पल्लीकोटका समाज सेवी राकसकोटीको अन्त्यष्टी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, साउन–२६ । गुल्मीको पल्लीकोट गाविसका वरिष्ठ समाज सेवी रणबहादुर राकसकोटीको आज रिडीमा अन्यष्टी गरिएको छ । श्रावण २३ गते उपचारका क्रममा भैरहवाको लखनचोकमा ६७ वर्षको उमरेमा मृत्युु भएका राकसकोटीको आज शोक सभाको आयोजना गरी नेपाली कांग्रेसले पार्टीको चारतारे झण्डा ओढाएर शोक सम्मान व्यक्त गर्दै अन्तिम विदाई गरेको हो ।ranabahadur-1
पल्लीकोटमा मात्र नभई हुँगा लगायत त्यस क्षेत्रको विकास निर्माण र विशेष गरी शैक्षिक क्षेत्रमा ठुलो योगदान पुराएका राकसकोटीलाई त्यहाँका जनताले वौद्धिक र शिक्षा प्रेमी समाज सेवी रुपमा चिन्ने गर्दथे । जनजागृति उच्च माध्यामिक विद्यालयका पुर्व प्राचर्य रहेर त्यहाँको शैक्षिक विकासमा योगदान पुराउनुका अलवा राकसकोटीले नेपालको प्रजातान्त्रीक आन्दोलनमा समेत ठुलो योगदान पुराएको त्यहाँका राजनैतिक दलका नेताहरु वताउछन् ।
शोक सभामा वोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले स्वर्गिय रणबहादुर राकसकोटी प्रजातन्त्रवादी, ईमान्दार र निर्भिक रहेको र उहाँले यस क्षेत्रको शैक्षिक विकासमा पुराएको योगदानलाई यहाँका जनताले सदैव चिरस्मण गर्ने बताएका थिए ।
ranabahadur-2सभापति श्रेष्ठले राकसकोटीको निधनले नेपाली काग्रेसले मात्र नभई सवै राजनैतिक दल र सिङ्गो देशले नै ठुलो क्षति व्यहोरेको धारणा राखेका थिए । झण्डै चार दशक शिक्षा क्षेत्रमा समर्पित रहेका राकसकोटी प्रति गहिरो शोक व्यक्त गर्दैै सभापति श्रेष्ठले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
शोक सभामा सो पार्टीका जिल्ला सचिव खिलध्वज पन्थी ,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी , सदस्य अनन्त पौड्याल, क्षेत्रिय सचिव धातानन्द भण्डारी , महिला नेतृ धना भण्डारी, जनजागृति उच्च मावि हुँगाका प्राचार्य, विजयकुमार झा, नेपाली कांग्रेस पल्लीकोटका सभापति रुकबहादुर राकसकोटीले शोक मन्तव्य राखेका थिए ।
सभामा सोही पार्टीका पुर्व सभापति धनबहादुर धनबहादुर सोमरे, नरेन्द्र पल्ली, विद्यार्थी नेता देवेन्द्र पौड्याल, नेपाली कांग्रेस हुँगाका पुर्व सभापति महेश्वर भण्डारी , जनज्योती माविका अध्यक्ष यमबहादुर राना, प्रधानध्यापक जितबहादुर राजाली सहित ठुलो सख्यामा त्यहाँका समाज सेवी र शिक्षक वुद्धिजीवीको सहभागिता रहेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *