परियोजना अनुगमन तथा मुल्यांकन समितिको बैठक जैसीथोकमा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ०७३ भदौ ६ । परियोजना अनुगमन तथा मुल्यांकन समितिको बैठक जैसीथोकमा सम्पन्न भएको छ । जैसीथोक गाविस सचिव बिनोद पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद कुमार श्रेष्टको प्रमुख आतिथ्यता रहेको थियो । vela-1कार्यक्रममा गत आर्थिक बर्षमा जैसीथोक गाविसमा संचालन भएका कार्यक्रमहरुको समिक्षा गरिएको थियो । साथै आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
साथै कार्यक्रमलाई सहयोग गरिरहेका स्थानीय साझेदारहरुको बिषयमा पनि समिक्षा गरिएको परियोजनाका लेखा प्रमुख शोभाखर गिरीले जानकारी दिनुभयो । वैठकमा हालै जैसीथोक गाविसमा संचालन गरिएको अम्रिसो तथा घाँस रोप्ने अभियान अत्यन्तै प्रभावकारी भएको औल्याइएको थियो । जैसीथोक गाविसका विभिन्न सामुदायिक वन र खाली सार्वजनिक जग्गामा ७८ हजार ५ सय बिरुवा रोपिएको छ । त्यस्तै १ सय ४३ किलोग्राम विभिन्न जातका घाँसका विउ पनि गाविसमा वितरण गरिएको छ ।
जिल्ला वन कार्यालयको सहयोगमा २० हजार घाँसका विरुवा पनि जैसीथोक गाविसमा वितरण गरिएको परियोजनाले जनाएको छ । गत आर्थिक बर्षमा हेफर इन्टरनेशनलको तर्फबाट विभिन्न कार्यक्रम मार्फत ३९ लाख ४४ हजार २ सय ५४, गाविसको तर्फबाट १० लाख ९३ हजार र vela-2संसद विकास कोष मार्फत १ लाख २ हजार रुपैयाँ गरी ५१ लख ३९ हजार २ सय ५६ हजार रुपैयाँ जैसीथोक गाविसमा खर्च भइसकेको परियोजना संचालन गरिरहेको संस्था एकिकृत ग्रामिण विकास समाजले जनाएको छ । बैठकमा एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसी, जैसीथोकमा संचालित परियोजनाका कार्यक्रम संयोजक बिष्णु भण्डारी र लेखा प्रमुख शोभाखर गिरी लगायतको सहभागीता रहेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *