पत्रकार महासंघ अध्यक्ष डा. बिष्ट गुल्मीमा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, फाल्गुन २ । सञ्चार माध्यमले परिर्वतनलाई संस्थात गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्टले बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीको पाचांै जिल्ला अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष बिष्टले नेपालमा भएका सबैखाले परिर्वतनलाई कार्यवन्ययन गर्न र संस्थागत गर्न महत्वपुर्ण भुमिका निर्वाह रहेको बताए ।

उनले नेपालका सवै खाले परिवर्तनहरुमा पत्रकारहरुको महत्वपुर्ण योगदान भएकाले त्यो म¥यादालाई बचाई राख्न लाग्नुपर्नेमा जोड दिए । बर्तमान संघियताको ढाँचामा पत्रकार महासंघलाई पनि लगिएकाले जिल्ला, क्षेत्र तथा केन्द्रिय महाधिवेशन मार्फत एकताको सन्देश दिन आग्रह गरे । उनले सुविधा सम्पन्न सभापति सहितको भवन निर्माण गर्ने जिल्ला शाखालाई धन्यवाद प्रदान गरे ।
mahendra bishta
त्यस्तै केन्द्रिय महासचिव उजिर मगरले पत्रकार महासंघ महासंघ जस्तो बन्न कुनै एक्लो संगठनले चलाउन नहुने भन्दै सहमतीको प्रयासमा जान आग्रह गरे । जिल्ला न्यायधिश मातृका प्रसार मरासिनीले समाचार पछिको संवेदनशिलालाई बुझेर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा क्रियाशिल पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

पाचौ जिल्ला अधिवेशनको अबसरमा महासंघ गुल्मीका पूर्व अध्यक्षहरु हरि कुमार श्रेष्ठ, जनार्दन घिमिरे, घनश्याम गौतमलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकार महासंघले स्थापना गरेको सृजनशिल पत्रकारिता पुरस्कारबाट घनश्याम गौतम र रामकृष्ण कडेल, केशरजित पत्रकारिता पुरस्कारबाट कुशुम नेपाली र जर्नादन घिमिरे तथा चिन्तामणी निमकला भुसाल प्रतिष्ठान द्धारा पत्रकार युगराज भुसाल पुरस्कृत भएका छन् ।

Comments

comments

Comments are closed.