अर्थजिल्ला समाचार

गुल्मीमा एक करोड रुपैँया भन्दा बढीको झिनियाँ बिक्री

प्रेम सुनार
गुल्मीमा प्रशिद्ध झिनिया रोटीबाट जिल्लाका सवै बजारमा एकमुष्ट एक करोड रुपैँया भन्दा बढिको ब्यापार भएको पाईएको छ । वामीटक्सारका नेवार समुदायबाट सुरु भएको त्यस रोटीको प्रशिद्धता अन्य समुदायमा समेत बढेको छ । वामीटक्सारमा मात्र ४० लाखको झिनिया रोटी विक्रि भएको त्यहाँबाट पत्रकारहरुले समाचार पठाएका छन् ।

त्यस्तै रिडीबाट पत्रकार चुरामणी तिम्लिसेनाले दिएको जानकारी अनुसार वामीटक्सारकै हाराहारीमा झिनिया रोटीको व्यापार रिडीमा भएको छ । त्यस्तै बलेटक्सार, रानीबास र चौताराका नेवार समुदायले पनि झिनिया रोटीबाट राम्रो ब्यापार गरेका छन् । यता सदरमुकाम तम्घासका नेवार समुदायले पनि करिव ५० लाख वरावरको झिनिया रोटी विक्रि गर्दै आएको प्रतिपसलको ब्यापारबाट आंकलन गरिएको छ । उता पुर्कोटद , वस्तुका नेवार समुदायले पनि राम्रो आम्दानी लिएको बताउँ छन् । पछिल्लो चरण अन्य समुदायले पनि उक्त रोटीको ब्यसाय गर्दै आएका छन् । झनिया रोटी संगै गुल्मीमा फिनी रोटी र बटुक पनि किनै चाख मानिन्छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।