नैतिक रुपमा एमालेले भरतपुर जित्यो : नेता ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, २२ जेठ । नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप कुमार ज्ञवालीले नैतिक रुपमा आफुहरुले भरतपुर महानगरपालिका जितेको बताएका छन् । चुनावी अभियानका लागि मुसिकोट नगरपालिको भुवाचिदी आएका ज्ञवालीले देवि ज्ञवालीले जित्ने पक्का भएपछि सुनियोजित रुपमा मतपत्र च्यातिएको बताए ।

‘चुनावकै दिनबाट खेल शुरु भएको हो,’उनले भने बिचबिचमा धेरै प्रयास गरेर अन्त्यमा मतपत्र च्यातियो ।’ उनले एमालेको जनलहर प्रति घेराबन्दी गरिरहेका दलहरुलाई निर्वाचन आयोगले समेत साथ दिएको आरोप लगाए ।तर पनि आफुहरु सधै जनता र संघर्षको मैदानमै भएकाले त्यस्ता समस्याको डटेर समाना गर्ने उनले बताए ।

नेता ज्ञवालीले पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र मधेशबादी दल दोस्रो चरणको चुनाव पक्षमा नरहेको जिकिर गरे । उनले पहिलो चरणको चुनावमा एमालेलाई पत्तासाफ पार्ने र अविर र माला लगाएर अर्को चुनाव गर्ने सत्तापक्षको योजना तुहिएको बताए । ‘प्रचण्ड जीलाई छोरी मेयर भए पुग्यो, देउवालाई प्रधानमन्त्री चाहिएको छ,’ ज्ञवालीले भने,‘ यी दुईबिचको चंगुलमा पार्टी र देश फस्यो ।’ साथै उनले एमालेलाई सत्ताति कोर्के आँखा पार्नु जरुरी रहेको बताए । ‘अहिले सम्म सुखद नतिजा आयो,’ ज्ञवालीले भने,‘ प्रतिनिधी सभाको चुनावपछि एमालेले अत्यधिक बहुमतका साथ एकल सरकार चलाउँछ ।’

उनले चुनाव गर्ने उदेश्य नभएर नै सरकारले चुनावका मिति सारिरहेको प्रतिक्रिया दिए । मध्य बर्खामा चुनाव गरेर किसानहरु माथी अन्याय सरकारले गरेको उनको जोड रहेको थियो । ‘गाउँ गाउँमा बर्खाले बाटाघाटा छैनन,’ ज्ञवालीले भने,‘मतदानमा किसानहरु कम सहभागी भए चुवान जित्छौ भन्ने सत्तापक्षको पुर्वाग्रही निर्णय हो ।’ देशमा अहिले राष्ट्रियता जोगाउने र समाप्त पार्ने दुई शक्तिबिच लडाई भइरहेकाले एमालेलाई भोट दिएर देश बचाउन सवै कार्यक्रर्तालाई आग्रह गरे । मेयरमा वा वडामा कसले जित्ने र हार्ने भन्दा पनि देशनै संकटमा परेकाले जोगाउन एमालेलाई जनताको अत्यधिक बहुमत चाहिएको बताए ।

Comments

comments

Comments are closed.