नेशनल प्याथ ल्याबले तम्घासमा शाखा बिस्तार गर्दै

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १५ बैशाख । नेसनल प्याथ ल्याबले गुल्मीको सदरमुकाम तम्घासमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । चौथो शाखा तम्घासमा बैशाख १६ गते उद्घाटन गर्ने तयारी भैरहको संस्थाले जनाएको छ ।

नेसनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बिशेष प्रकारको ल्याव स्थापना हुनु गुल्मेलीको लागि सुखद कुरा भएको बताए । सामान्य जाँच देखि बिशेष प्रकारका जाँचहरु अव गुल्मीमै सम्भब हुनेछ । जसका लागि अत्याधुनिक उपकरणहरु तथा दक्ष प्राबिधिक जनशक्तिहरु सहित संस्थाले शाखा स्थापना गरेको उनले बताए । लगानी र सुविधाका हिसावले यो जिल्लामै सवै भन्दा ठुलो ल्याव हो । संस्थाले एक करोड दश लाखको लागतमा नेसनल प्याथ ल्याब संचालनमा ल्याएको हो । प्रयोगशालामा विभिन्न हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब, रगतको कल्चर, पाठेघरको क्यान्सरको जाच तथा अन्य क्यान्सरको जाँच र होल बोडी चेकअपको प्याकेज समेत रहेको प्रबन्ध निर्देशक जोशीले बताए ।
घरबाटै नमुना संकलन
संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले परीक्षणका लागि घरबाटै नमुना संकलन गर्न सकिने र बिरामी वा आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको जनाए । सर्वसाधरणलाई सामान्य चेकजाँच गर्न पाल्पा बुटवल धाउनुपर्ने समस्यालाई हटाउन तथा गुणस्तरीय ल्याब सेवा प्रदान आफुहरु गुल्मीसम्म आएको बताए । जसले गर्दा अब नमुना जाँचका लागि बाहिर पठाउदा धेरै समय लाग्ने, बिरामीको उपचार समेत प्रभावित हुने लगायतका समस्या नहुने बताए । साथै प्रयोगशालामा आर्थिक अवस्था बिपन्न भएका बिरामीहरुको जाँच निशुल्क गर्ने व्यावस्था समेत मिलाइएको अध्यक्ष्य कार्कीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी उद्घाटन गर्ने
नेसनल प्याथ ल्याबको शाखा कार्यालय बैशाख १६ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको शाखा प्रमुख होम पल्लीले बताए । उनले आगामी दिनमा ग्रामिण क्षेत्रमा जनचेतना जगाउने र विभिन्न स्वास्थ्य सम्बन्धि निशुल्क शिबिरहरु आयोजना संस्थाको उदेश्य रहेको सस्थाका शाखा प्रमुख पल्लीले बताए ।

Comments

comments

Comments are closed.