नेवि संघमा मेरो जित सुनिश्चीत छ : गुल्मीका केसी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, साउन–२४ । काठमाण्डौंमा चलिरहेको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रदेश नम्वर ५ बाट उपाध्यक्ष पदमा उमेदवारी दिएका गुल्मीका पुर्ण केसीले आफ्नो जित सनिश्ची रहेको दावि गरेका छन् । ne -2
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँका पर्खर युवा विद्यार्थी नेता केसीले आफ्नो जित सुनिश्चीत रहेको दावी गरे । २०५५ साल देखि तत्कालिन महेन्द्र माध्यामिक विद्यालय तम्घासबाट नेवि संघको राजनीति सुरु गरेका केसी यहाँका सशक्त विद्यार्थी नेताहरु मध्येका एक गनिन्छन् ।
नेपाल विद्यार्थी संघ रेसुङ्गा वहुमुखी क्याम्पस ईकाई उप सभापति हुँदै सोही क्याम्पसका स्ववियु सचिव रहेको उनि स्वुवियु मशौदा समिति सदस्य समेत रहेका छन् । नेपाली कांग्रेस गुल्मीको जुझारु कार्यकर्ता रहेका केसी चार जना प्रत्यासी रहेको बताईएको छ । केसीका अनुसार उनका प्रत्यासीहरुमा वर्दियाका दिपक भण्डारी , एउटै जिल्ला रुपन्देहीका प्रकाश राना, मुक्ती पौड्याल, अजय रावलm अर्घाखाँचीका अमृत पन्थी, प्युठानका निमा गिरी रहेका छन् ।
त्यस्तै अध्यक्ष पदका उमेदवारहरु रोल्पाका मनोजमणी आचार्य, ,कैलालीका क्षितिज भण्डारी, चितवनका निलकण्ठ रिजाल , ललितपुरका जितजंग बस्नेत, डडेलधुराका नैनसिंह महर, तनहुँका आनन्दरा त्रिपाठी, सोलुखम्वुका शिवराज वस्नेत , दोलखाका कुन्दन काफ्ले सोेही स्थानकी विनिता अधिकारीे सहित ७ जना रहेका छन् ।
त्यस्तै महामन्त्रीमा पाल्पाका हिमालदत्त श्रेष्ठ, वर्दियाका दिपक भण्डारी, धादिङ्गका युवराज पाण्डे, र स्याङ्गजाकी उर्मिला थपलिया रहेकी छिन् । हिजो काठमाणडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भव्य समारोहका विच उद्घाटन गरिएको नेवि संघको ११ औं महाधिवेशनको वन्दसत्र चलिरे पनि प्रतिनीधी विवादका कारण अहिले रोकिएको छ ।
ne -3९ वर्ष पछि गरिएको नेवि संघको महाधिवेशनलाई निकै महत्वका साथ लिईएको छ । १ सय २९ सिटका लागि ५ सय भन्दा बढिको उमेदवारी परेको केसीले बताए । ३ हजार ४ सय जना प्रतिनीधीहरु मध्ये ११ जिल्लाका प्रतिनिधीहरु विचको विवादका कारण रोकिएको बताईएको छ ।
तपाईको उपाध्यक्ष पदमा रहेको दावि र जितको आधार के त ? भन्ने प्रश्न उनले आफु लामो समय देखि नेवि संघको काम गरेको , विभिन्न आन्दोलनहरुमा विद्यार्थीहरुको अग्रपंक्तिमा रहेर संघर्ष गरेको र विद्यार्थाीहरुको अधिकार रक्षाका लागि सदैव संघर्षशिल रहेकोले पनि आफ्नो उमेदवारी जायज भएको बताए ।
लामो समय देखि महाधिवेशन अधिवेशन नभएको तर अहिले हुन गई रहेको महाधिवेशनबाट नेवि संघलाई सशक्त रुपले अघि बढाउनका लागि पनि मेरा उमेदवारी परेको हो ’– उनले भने । उनले प्रदेश नम्वर ५ का सवै विद्यार्थी प्रतिनिधी साथीहरु, पार्टीका अग्रज नेताको साथ र समर्थन आफु प्रति रहेको भन्दै आफुले उपाध्यक्ष पदमा जित्ने कुरामा ढुक्क भएको दावि गरे ।
गुट उपगुटको असर पर्ला कि नपर्ला ? भन्ने प्रश्नमा उनले गुटको असर आफुलाई नपर्ने दावि गरे । भने–‘ महाधिवेशन , अधिवेशनका वेला गुट उपगुट हुनु स्वभाविक हो तर मेरो सवै गुट उपगुटहरु संग सुमधुर सम्वन्ध भएकोले त्यसको असर आफुलाई नपर्ने बरु सवै गुट उपगुटको आफु एक्लो उमेदवारी हुने सम्भावना बढेको छ । ’ त्यस्तै गुल्मीका जिल्ला अध्यक्ष सुदर्शन खनालले पनि केन्द्रिय सदस्यको उमेववारी दिएका छन् ।
लामो समय देखि नेवि संघको काम गरेको र ५ नम्वर प्रदेश अन्तगतका विद्यार्थी साथीहरु संघ निकटतम सम्वन्ध रहेकोले आफ्नो जित सुनिश्चीत रहेको खनालको दावि रहेको छ । उनले आफ्नो आफ्नो उमेदवारीको नारा –‘व्यक्तित्व विकास , शैक्षिक सामाजिक उत्तरदायित्व र नेतृत्व विकासका लागि नेवि संघ एक पाठशाला ’ बनाएर मत मागी रहेका छन् । तस्वीर उपाध्यक्षका उमेदवार केसी र केन्द्रिय सदस्य खनाल

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *