समाज

नेविसंघ गुल्मीको जिल्ला अबिधेशन असोज ३ र ४ गते

टोपलाल अर्याल
गुल्मी, २८ साउन । नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । शनिबार बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला तथा क्षेत्रका अबिधेशनको मिति तोकेको छ ।

बिपि स्मृति भवनमा सम्पन्न उक्त बैठकले आफ्नो १२ औ जिल्ला अधिबेशन सफल पार्नको विभिन्न बिषयमा छलफल समेत गरेको थियो । बैठकले आगामी भदौ १८ गते सम्म जिल्लामा रहेका सम्पुर्ण मावि र क्याम्पसमा इकाइ अधिबेशन सम्पन्न गर्ने र भदौ २६ गते क्षेत्र नं १ मा २८ गते क्षेत्र नं २ मा र ३० गते क्षेत्र नं ३ मा क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने निर्णय भएको संगठनका कार्यबहाक अध्यक्ष झविन्द्र पाण्डेयले बताए ।

गुल्मी जिल्लाको ऐतिहासिक जिल्ला अधिबेशन सम्पन्न गर्न पार्टी, भातृसङ्गठनहरु, शभवेच्छुक लगायत सम्पुर्ण महानुभावहरुलाइ सहयोगको लागी पाण्डेयले अनुरोध समेत गरे ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।