नेपाल सोलिडारिटी कपको सेमिफाईनलमा, ब्रुनाईलाई ३-० गोलले हरायो

  •  
  •  
  •  
  •  
  •  

२३ कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पार्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो ।
नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् । दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो । खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे ।
आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।
nepal-footbal-team

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.