नेपाल शिक्षक संघ गुल्मीको अधिवेशन सुरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , फागुन–१९ । नेपाल शिक्षक संघ गुल्मीको ८ औं जिल्ला अधिवेशन आज देखि सदरमुकाम तम्घासमा सुरु भएकोछ । तम्घासको वालमन्दिरमा गरिएको उद्घाटन सत्र अहिले साँझ सम्पन्न भई वन्द सत्र चलिरहेको आयोजकले जानकारी दिएका छन् ।

अधिवेशनको नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली शिक्षक संघकी केन्द्रिय सदस्य धना भण्डारी , पार्टीका जिल्ला सचिव खिलध्वज पन्थी , महाधिवेशन प्रतिनिधी त्रैलोक्यप्रताव सेन जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति अशोक कुमार थापा , ३ नम्वर क्षेत्रिय सभापति भगतसिंह खड्का , नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटा, नेवि संघका केन्द्रिय सदस्य सुदर्शन खनाल , नेपाल शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे , तरुण दलका जिल्ला अध्यक्ष भरत भलामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनको अवसरमा विभिन्न विद्यालयमा योगदान पुराएका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष प्रेमनरायण भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष सिता थापाको स्वागत मन्तव्य र सचिव हिरासिंह सारङ्गकोटीको सञ्चालन रहेको थियो । अहिले चलिरहेको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाईएको छ ।

Comments

comments

Comments are closed.