नेपाली सेनाले १९ घन्टामै बनायो गुल्मी-बाग्लुङ जोड्ने पुल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाको विकास निर्माण महानिर्देशनालयले काम सुरु गरेको १९ घन्टा मै ‘बेली ब्रिज’ निर्माण सम्पन्न भएको छ । गुल्मी र बाग्लुडको सीमा क्षेत्र पालुंग खोलामा २४ मीटर लम्बाइ र ४ मीटर चौडाइको मोटरवेल ‘बेली ब्रिज’ नेपाली सेनाको ब्रिज डिभिजनले निर्माण गरेको हो ।
gulmi-bridge
कालीगण्डकी कोरीडोरको चीन-भारत जोड्ने सबैभन्दा छोटो निर्माणधिन राजमार्गमा उक्त पुल बनाइएको कालीगण्डकी सरोकार समितिका अध्यक्ष टिकाराम ढकालले जानकारी दिए । नेपाली सेना बिकास निर्माण निर्देशनालय वृज डिभिजनका सहसेनानी लोक बहादुर सीलवालको नेतृत्वमा उक्त पुल निर्माण भएको ढकालले बताए ।
धार्मीक र प्रर्यटकीय महत्वले रीडी बजारबाट ४२ किलोमिटर उत्तरमा निर्माण सम्पन्न उक्त पुलले गुल्मी, पर्वत, बाग्लुंग, स्यांजाका वासीन्दालाई सुविधा हुने ढकालको भनाइ छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.