नेपाली कांग्रेसले गर्‍यो मुसिकोटमा चुनावी सभा

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, २५ जेष्ठ । मुसिकोट नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णहरी सापकोटाले आफुले यस क्षेत्रका जनता सँगै रहेर समाजसेवा गरेको हुनाले आफु तथा आफ्नो टिमलाइ भोट दिएर अझै सेवा गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको आयोजनामा मुसीकोट नगरपालीका २ मा आयोजित चुनावी सभा तथा अन्तक्रिर्यात्मक कार्यक्रम सो कुरा बताउनुभएको हो ।

साविकको मुसीकोट गाबिस तथा हालको वडा नम्बर २ का काँग्रेस सभापति अर्जुनसिँह ठकुरीको अध्यक्षता रहेको कार्यक्रममा बिशेष आतिथ्यता ग्रहण गर्दै सापकोटाले मुसिकोटबासी मतदाताहरुले आफुले यस् क्षेत्र प्रती बिगतमा गरेको योगदान सम्झँदै आगामी दिनको लागी समाज सेवाप्रती थप समर्पित हुन प्रेरणा दिनेछन् भन्नेमा आफु ढुक्क भएको बताउनुभएको थियो ।
krishnahari sapkota
कार्यक्रममा काँग्रेस जिल्ला सचिब तथा मुसीकोट नगरपालीकाकी उपमेयरकी उम्मेदवार बिष्णु कुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

Comments

comments

Comments are closed.