नेकपा माओवादी केन्द्र गुल्मीद्धारा सवै स्थानिय संगठन निर्माण

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी चैत्र–१ । नेकपा माओवादी केन्द्र गुल्मीले अन्य पार्टी र सरकारले भन्दा पहिला राज्य पुरसंरचना अनुसारको स्थानिय तहको संगठन निर्माण गरेको छ ।
जिल्लाका साविकका गाविसहरु जोडेर बनेको ९३ वटै वडा कमिटीको अधिवेशन सके लगत्तै जिल्लाका दुई वटा नगरपालिका र १० वटा गाउँपालिका अधिवेशन समेत सम्पन्न भई सकेको आज सो पार्टीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सो पार्टीका जिल्ला सह ईञ्चार्ज तथा पोलिट्व्यरो सदस्य सुदर्शन वरालले आफुहरुले संगठन सुदृढीकरण र सवै तहका संगठन विस्तार गरेर अव चुनावी माहौलमा उत्रिएको जानकारी दिए ।
उनले वडा तह र गाउपालिका तह सम्मको अधिवेशनमा जनलहर देख्दा पहिलो संविधान सभाको हैसियतमा आफ्नो पार्टीलाई स्थानिय तहको तहको निर्वाचनले दावि गरे । साविकको गाविस सहित बनाईएको ९३ वटा वडामा भएको अधिवेशनमा सो पार्टीबाट जम्मा एक जना मात्र महिला अध्यक्ष भएको र अरु सवैमा पदाधिकारी रहेको नेता वरालले बताए । उनका अनुसार आँपचौरको वडा कमिटीमा सावित्रा खरेल अध्यक्ष भएकी हुन् ।

नेतृत्वमा कहाँ कहाँ को ?
माघ २६ गते गुल्मी दरवार गाउपालिकाको गाउँ सम्मेलनले यमवहादुर पाण्डेलाई अध्यक्षमा निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनले उपाध्यक्षमा डिल वहादु्र वि. क, सचिवमा रेम वहादर गाहा, सहसचिवमा विष्णु वि. क. र कोषाध्यक्षमा लालमति कुमाल सहित ३१ सदस्यीय गाउ कमिटि निर्वाचित गर्दै सम्पन्न भएको छ । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शुदर्शन वरालको प्रमुख आतिथ्यता रहेको थियो ।
फागुन १६ गते रेसुङ्गा नगरपालिकाको सम्मेलन साँस्कृतिक झाँकी एवम बाजागाजा सहित बाल मन्दिरको प्राङ्गगढमा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । सम्मेलनबाट अशोक थापाको नेतृत्वमा ५७ सदस्यिय नयाँ समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा धर्म बिश्वकर्मा सचिव गिरिसिंह महाकिम सह–सचिव कमला पुन र कोषाध्यक्षमा गीता थापा निर्बिरोध निर्बाचित भएका हुन ।
फागुन १६ गतेनै मदाने गाउँपालिकाको गाउँ सम्मेलनले वेगम चन्द वोहोरालाई अध्यक्षमा निर्वाचित गर्दैै सम्पन्न भएको छ । कार्यक्रमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । साथै उपाध्यक्षमा पे्रम कुवर, सचिवमा नारायण पौडेल, सहसचिवमा अग्नीधर चन्द, र कोषाध्यक्षमा राम कुमारी घर्तिसहित ३३ सदस्यीय गाउपालिका समिति चयन भएको छ ।
फागुन १९ मा मालिका गाउपालिकाकोे सम्मेलन केन्द्रिय कार्यालय सदस्य गिरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यतामा देविराम अर्याललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जसमा उपाध्यक्ष पे्रम भट्ट्राई, सचिव नोख वहादुर पौडेल, सहसचिव शोभा थापा र कोषाध्यक्ष चित्र वहादुर श्रीस सहित ४५ सदस्यीय गाउ समिति निर्वाचित भएको छ ।
फागुन १९ गतेनै छत्रकोट गाउपालिकाको गाउ सम्मेलन माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनले लोकनाथ पाण्डेको अध्यक्षतामा २९ सदस्यको गाउ पालिका समिती निर्वाचित गरेको छ । साथै उपाध्यक्षमा लक्ष्मण कडेल, सचिव सरोज पाण्डे र कोषाधक्षमा वीन वहादुर राना रहेका छन ।
फागुन २१ गते सत्यवति गाउपालीकाको गाउ सम्मेलन खैरेनीमा सम्पन्न भएका्े छ । सम्मेलनले जितु तरामु मगरको अध्यक्षतामा .. सदस्य गाउपालिका समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष लेखनाथ भण्डारी, सचिव कृष्ण भण्डारी, सहसचिव लाल वहादुर थापा र कोषाध्यक्ष टोपलादेवी थापा निर्वाचित गरेको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज के सी को प्रमुख आतिथ्यता रहेको थियो ।
फागुन २१ गते धु्र्कोट गाउपालीकाको सम्मेलन केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रम्ुख आतिथ्यतामा सम्पन्न भयो । उक्त सम्मेलनले भुपाल पोखरेलको अध्यक्षतामा ४५ सदस्य सहितको गाउपालिका कमिटी निर्वाचित गरेको छ । जसमा यम वहादर कुवर उपाध्यक्ष, महेन्द्र वि. सी. सचिव, विष्णु कडेल सहसचिव र कमला घर्ति कोषाध्यक्षमा निर्वाचित भएका छन ।
फागुन २३ गते इस्मा गाउपालीकाको गाउँ सम्मेलन माओवादी केन्द्रका पोलिटव्यु्रो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा नरेन्द्र कुवरलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । सम्मेलनले उपाध्यक्षमा कृष्ण रिजाल, सचिवमा वसन्त सुनार, सहसचिवमा श्याम वि क र कोषाध्यक्षमा विमला थापासहित निर्वाचित गरेको छ ।
फागुन २५ गते नै मुसिकोट नगरपालिकाको सम्मेलन सम्पन्न भयो । सम्मेलन गाउँपालिकाको केन्द्र वामीमा बृहत उपस्थितिका साथ सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त घर्र्तिको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले खुम वहादुर थापाको अध्यक्षतामा ५७ सदस्यीय नगरसमिति निर्वाचित गरेको छ । जसमा भुवन के. सी. उपाध्यक्ष, युवराज खरेल सचिव, दुर्गा वि. क. सहसचिव र कमला कार्कि कोषाध्क्षमा निर्वाचित गरेको छ ।
फागुन २८ गते रुरु गाउँपालिकाको सम्मेलनले नारायण पौडेलको अध्यक्षतामा ४५ सदस्यीय गाउपालिका समिति निर्वाचित गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य तथा ५ नं. प्रदेश संयोजक जग प्रसाद शर्मा ( अपार )को प्रमुख आतिथ्यता रहेको थियो । जसमा भेलाले क्रमश हरी प्रसाद ज्ञवाली, वसन्त बहादुर क्षेत्री, परमानन्द ज्ञवाली र निर्मला श्रेष्ठ क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, र कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
फागुन २८ गतेनै चन्द्रकोट गाउपालिकाको सम्मेलन भव्यताका साथमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले टंक वहादर क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यसहीतको गाउपालिका समिति निर्वाचित गरेको छ । जसमध्ये शिवलाल पोखरेल उपाध्यक्ष, कृष्ण वहादुर थापा सचिव, सुमित्रा क्षेत्री सहसचिव र भिमसेन पौडेल कोषाध्यक्षमा निर्वाचित भएका छन ।
फागुन २९ गतेनै कालिगण्डकी गाउपालिकाको गाउ सम्मेलन अर्वेनीमा सम्पन्न भयो । सम्मेलनले तेजेन्द्र सलामी मगरको अध्यक्षतामा ४५ सदस्य गाउपालिका समीती निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष ओम वहादुर न्यौपाने, सचिव मोहनीलाल भट्टराई, सहसचिव मञ्जु दर्लामी, र कोषाध्यक्षमा ईश्वरी वि. क. रहेका छन । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

Comments

comments

Comments are closed.