नेकपा एमाले इस्मा गाउँपालिकाको अन्तरक्रिया वुटवलमा

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ६ जेठ । सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेपछि सुस्ताएको गुल्मीको चुनावी अभियान फेरी बढ्न थालेको छ । यसैबिच नेकपा एमाले इस्मा गाउँपालिकाले विभिन्न वर्ग समुदाय र कार्यक्रर्ताहरुलाई अझ सक्रिय बनाउन थालेको छ ।

चुनावी अभियान अन्तरगत नेकपा एमाले इस्मा गाउँपालिका रुपन्देही सम्पर्क कमिटीको अन्तरक्रिया वुटवलमा सम्पन्न भएको छ । इस्मा गाउँपालिकाका प्रस्तावित प्रमुख÷उपप्रमुख तथा वडा अध्यक्षहरुले इस्माबाट रुपन्देहीमा विभिन्न पेसा व्यावसाय गर्दै आएका कार्यक्रताहरुसंग भेटघाट गरेको सम्पर्क कमिटीले जनाएको छ । अन्तरक्रियामा प्रस्तावित उमेद्वारहरुले आफ्नो चुनावी योजना र रणनितीका बारेमा आफ्ना भनाई राखेका थिए ।

जेठ ३१ गतकोे मतदानका लागि रुपन्देहीमा बसोबास गर्ने इस्मालीहरुलाई कसरी गाउँसम्म पु¥याउने, आर्थिक समायोजन कसरी गर्ने, यातयातको व्यावस्थापन, सुचना आदान प्रदान तथा गाउँपालिका र सम्पर्क कमिटीबिच नियमित सम्पकै बढाउने निर्णय भएको सम्पर्क कमिटीका सचिव दुर्गा अर्यालले बताए । साथै शहरदेखि गाउँ र प्रत्येक मतदाता सम्म प्रचारप्रसारलाई प्रभावकारी बनाउने, युवा स्वयमसेवक दस्ता तयार गर्ने, मोवाइल टोली बनाएर सुचनालाई सहि रुपमा आधिकारिक कमिटी वा व्यत्ति सम्म पु¥याउने निर्णय पनि अन्तरक्रियाले गरेको छ । सोहि अन्तरक्रियामा पार्टीका केहि आन्तरिक गतिविधी बिषयमा पनि छलफल भएको छ । कार्यक्रम नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा इस्मा गाउँपालिकाका उमेद्वार लक्ष्मण बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी बिष्ट सहित अन्तरक्रियामा जिल्ला सचिवालय सदस्य हिरा एसी, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य श्याम खरेल, युवा संघ नेपालका कन्द्रिय सदस्य हिमाल श्रेष्ट, नेकपा एमाले गुल्मी काठमाण्डौ सम्पर्क कमिटीका अध्यक्ष डाक्टर नगेन्द्र अर्याल, गुल्मी रुपेन्देहि सम्पर्क कमिटीका अध्यक्ष देवराज खनाल, इस्मा गाउँपालिकाका उपप्रमुख विमला केशी, वडा नं १ का इन्द्र बहादुर कुंवर, वडा नं ३ का तोयनाथ सापकोट, वडा नं ४ का गनुप्रसाद अधिकारी, वडा नं ५ का कलानिधी भण्डारी र वडा नं ६ का हिरा जिसीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा हास्य कलाकार सन्तोष लम्साल, भरत हिमाल र सभ्याता केशीको पनि उपस्थिती रहेको थियो । नेकपा एमाले इस्मा गाउँपालिका रुन्पन्देही सम्पर्क कमिटीका अध्यक्ष रेशम महतको अध्यक्षता रहेको अन्तरक्रियाको संचालन कमिटीका सचिव दुर्गा अर्यालले गर्नुभएको थियो । कार्यक्रममा इस्मा गाउँपालिकासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Comments

comments

Comments are closed.