नेकपा एमालेको इलाका भेला सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । नेकपा एमाले गुल्मी इलाका नम्बर ४ तथा ९ को भेला कुर्घाको भुवाचिदीमा सम्पन्न भएको छ । भेलामा पार्टी सुदृढिकरण तथा पार्टीलाई अब कसरी अगाडी बढाउने भन्ने बिषयमा बृहत छलफल भएको छ । कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिवालय सदस्य कमला शर्माको अध्यक्षता रहेको थियो भने प्रदेश सदस्य बोम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । भने जिल्ला सचिब सोमनाथ सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । सचिवालय सदस्य हरि छन्त्यालको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य जीवन शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका बिभिन्न गाँउ कमिटीका प्रमुख तथा प्रतिनिधि लगायत पार्टी प्रेमीहरुको सहभागीता रहेको थियो । भेलाान स्थानीय पुर्नसंरचनाको बिषयमा पनि छलफल गरेको बताइएको छ ।

Comments

comments

Comments are closed.