निस्ते खोलामा शव फेला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, साउन १७ । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी बृद्धा महिलाको शव दोहलीको मौरीभिर भन्ने स्थानको निस्तेखोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावल संग सम्पर्क राख्दा उक्त शव भेटिएको जानकारी आए पनि पहिचान हुन नसकेको बताए । रावलले उक्त शव त्यस भेगको हुन नसक्ने बताए । स्थानियवासीहरु जुटेर पहिचान गर्ने कोशिस गरिए पनि त्यस भेगको नभएको बताईएको छ ।
dead body found in gulmi

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *