निर्माणधिन सुपा देउराली मन्दिरको लागी रकम अभाव

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, असोज २० गते । दोहली ५ र ३ को संगम स्थल महतकाछेडामा सुपा देउराली मन्दिर निर्माण कार्य तिव्र पारिएको छ । २०५४ सालमा ५५ हजारको लागतमा स्थापना भएको सुपा देउराली मन्दिर जिर्ण भएपछि पुन सोहि स्थानमा नयाँ मन्दिर निर्माण गर्न थालिएको छ ।supa-deurali1

बिशेषगरी बर्खे दशै र चैते दशैमा गाविसका वडा नं २, ३, र ५ का स्थानीयहरुले मेला भर्ने गर्दछन् । स्थानीय स्तरमा सहयोग संकलन गरि करिव ६ लाखको लागतमा मन्दिर निर्माण कार्य थालिएको निर्माण समितिका अध्यक्ष मान बहादुर बस्नेतले जानकारी दिनुभयो । अहिले सम्म २ लाख ६९ बराबरको काम सकिएको उहाँले बताउनुभयो ।

स्वदेश तथा विदेशमा रहेका स्थानीयबासी संग आर्थिक संकलन पनि जारी रहेकाले सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गर्नुभयोे । मन्दिर निर्माण कार्य तिव्र रुपमा अगाडी बढेपनि आर्थिक अभावमा रहेको निर्माण समिति सचिव प्रताप सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार आउने चैते दशै सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

supa-deurali2 supa-deurali

Comments

comments

Comments are closed.