धुर्कोट वस्तु प्रहरी चौकीमा पुरानो बम फेला

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ०७३ साउन १९ । धुर्कोट वस्तु गाविस ७ को वस्तु प्रहरी चौकीमा साउन १७ गते पुरानो बम फेला परेको छ । प्रहरी चौकीको भान्सा नजिकै द्धन्द कालिन समयमा राखिएको पुरानो बम फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । उनले चौकीको साइडमा माटो खन्ने क्रममा पलाष्टिक र तार देखिएपछि निकाल्दा घरमै बनाएको तर नपडेकिएको बम फेला परेको बताए ।

socket-bomb

फाइल फोटो

त्यो द्धन्दकालमा प्रहरी आफैले सुरक्षाको लागी राखेको वा तत्कालिन माओवादीले छाडेको भन्न सक्ने अवस्था रहेको उनले बताए । एक दुई दिनमा त्यो बम डिस्पोज गरिने तयारी रहेको एसपी रावलले बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *