धुर्कोट क्याम्पसमा विश्व रेडक्रश दिवस मनाईयो

  •  
  •  
  •  
  •  
  •  

सितल थापा
धुर्कोट , बैशाख–२५ । धुर्कोट परमानन्द वहुमुखी क्याम्पस धुर्कोट वस्तुले आज विश्व रेडक्रश दिवस विविध कार्यक्रमका साथ मनाएको छ । विश्व रेडक्रश दिवसको अवसरमा सो क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले दिवसको महत्ववारे प्रकाश पारेका थिए ।
त्यस्तै युवा रेडक्रश सर्कलका शिक्षक नायक ऋषिराम पाण्डे , उप–नायक राजन महत , गणेश ज्ञवाली , शिक्षकहरु चुरामणी घिमिरे , जितेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसै विच विश्व रेडक्रश दिवसका अवसरमा सोही क्याम्पसमा युवा रेडक्रश सर्कल पुनर्गठन समेत गरिएको छ । सर्कलको अध्यक्षमा सुरज पाण्डे , उपाध्यक्षमा कल्पना विसी , सचिव मनिषा पन्थी, सह–सचिव कुश्मा भण्डारी र कोषाध्यक्ष प्रेम मुखिया चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जमुना पोखरेल , शिला नेपाली , राधिका नेपाली , प्रतिभा भण्डारी , मञ्जु भण्डारी रविला मुखिया सहित ११ सदस्यीय युवा रेडक्रश सर्कल धुर्कोट परमानन्द वहुमुखी क्याम्पस पुनरगठन भएको छ ।

Comments

comments

Comments are closed.