धुर्काेट गुल्मी-रुपन्देही सम्पर्क समाज गठन

  •  
  •  
  •  
  •  
  •  

बुटवल । संघिय संरचना अनुसार सरकारले ७ गाविसलाई गाउपालीकामा रुपन्तरण गरेपछि बनेको गुल्मी धुर्कोट गाउपालीकाबाट स्थायी वा अस्थायी रूपमा रुपन्देहीमा बसोबास गर्ने महानुभावहरुको एक भेलाले “धुर्काेट गूल्मी-रुपन्देही सम्पर्क समाज” गठन गरेको छ ।

धुर्काेट गाउपालिका अन्तर्गत साविक वाग्ला गाविस, धुर्काेटरजस्थल गाविस, हाडहाडे गाविस, नयागाउ गाविस, पिपलधारा गाविस बस्तु गाविस र जैसीथोक गाविसका रुपन्देहीमा बस्ने बासिन्दालाई समेटेर धुर्काेट गूल्मी-रुपन्देही सम्पर्क समाजको तर्दथ समिति गठन गरिएको हो । तर्दथ समितिको अध्यक्षमा राम प्रसाद पौडेल “वाग्ला ”, उपाध्यक्षमा अर्जुन ज्ञवाली “पिपलधारा”, सचिब नवराज भन्डारी “वस्तु ”, सहसचिव यदुमणि पोखरेल “नयागाउ” र कोषाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे “धुर्काेट रजस्थल” रहेका छन भने सदस्यहरुमा बिक्रम खडका “पिपलधारा ”, चन्द्रकान्त खनाल “ धुर्काेटरजस्थल”, भिमकान्त पन्थी “वाग्ला ”, राजेन्द्र घिमिरे “वाग्ला ”, दया भन्डारी “वस्तु ”, ईश्वरी खनाल “जैसीथोक”, दिपक खनाल “ जैसीथोक”, जंग बहादुर श्रीस “हाडहाडे ” र हेमराज पोखरेल “ नयागाउ” रहेका छन । तर्दथ समितिको भेलाले बिभिन्न निर्याहरुसमेत गरेको छ ।
dhurkot gulmi rupandehi samaj
भेलाले सल्लाहकार समिति, बिधान मस्यौदा समिति गठनका साथै रुपन्देहीमा स्थायी वा अस्थायी वसोवास गर्ने धुर्कोट गाउपालिकाका सम्पूर्ण महानुभाव सहितको वृहत भेला बोलाइ पुर्ण समिति गठन गर्ने समेत निर्णय गरेको छ । अहिलेको तदर्थ समिति रहेकोले सबैलाई समेटने गरि बृहत भेलाको तयारी गरिरहेको तर्दर्थ समितिका अध्यक्ष राम प्रसाद पौडेलले बताए ।

Comments

comments

Comments are closed.