धुर्काेटमा लायन्स क्लबकाे स्वास्थ्य शिविर सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । गुल्मीकाे धुर्काेट स्थित रजस्थल गा.वि.स.मा सञ्चालनमा रहेकाे धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी१ काे हेल्थ प्राेग्राम अन्तरगत अहिले सम्मकै त्यस क्षेत्रकाे ठूलाे सर्जिकल हेल्थ क्याम्प सम्पन्न भएकाे छ ।

हेल्थ क्याम्पका अायाेजक संस्थाहरूमा लायन्स क्लब अफ गुल्मी, लायन्स क्लब अफ काठमाडाैं रञ्जना, लायन्स क्लब अफ काठमाडाैं देउराली, लायन्स क्लब अफ लुम्बिनी, लायन्स क्लब अफ रेसुङ्गा रहेकाे डिष्ट्रिक्ट हेल्थ प्राेग्राम चिफ एमजेएफ भीमलाल पाैड्यालले सेताेघर डट कमलार्इ बताएका छन् ।
lions club gulmi
कार्यक्रमकाे उद्घाटन गुल्मी क्षेत्र नं ३ का माननीय सांसद गाेकर्ण विष्टले गरेका हुन् । साेही स्वास्थ्य शिविर सम्पन्न गर्नकाे निम्ति लायन्स क्लब अफ गुल्मीका उपाध्यक्ष तथा त्रिभुवन विद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज)मा कार्यरत प्रा.डा. प्रेमराज ज्ञवालीकाे नेतृत्वमा डाक्टर तथा नर्सहरूकाे १४ जनाकाे समूह साे स्थानमा गएकाे थियाे । स्वास्थ्यकर्मीहरूकाे उक्त समूह काठमाडाैंकाे ग्राण्डी अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, लुम्बिनी मेडिकल कलेजमा संलग्न छ ।स्वास्थ्यकर्मीहरूकाे उक्त टाेलीले गुल्मीका विभिन्न गाविसका करिब १५ सय व्यक्तिहरूकाे स्वास्थ्य चेकजाँच गरेकाे थियाे ।

कार्यक्रममा एमजेएफ डिष्ट्रक्ट हेल्थ प्राेग्राम चिफ लायन भीमलाल पाैड्याल, एमजेएफ डिष्ट्रिक्ट एड्भाइजर लायन लिलामणि खरेल, डिष्ट्रिक्ट कमिटी चेयर पर्सन लायन फर्सुराम पाण्डे, पिएमजेएफ लायन युवराज न्याैपाने, एडिसनल क्याबिनेट ट्रेजर पिएमजेएफ लायन राम प्रसाद खनाल, लायन्स क्लब अफ गुल्मीका अध्यक्ष पिएमजेएफ खुमानन्द गाैतम, लायन्स क्लब अफ काठमाडाैं रञ्जनाका अध्यक्ष एमजेएफ कृष्ण प्रसाद पराजुली, लायन्स क्लब अफ गुल्मीका पुर्व अध्यक्ष लायन डिल्लीराज भुसाल, लायन्स क्लब अफ गुल्मीका सदस्य तथा स्थानीय बासिन्दा लायन ध्रुव वहादुर थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलार्इ सफल बनाउनकाे निम्ति स्थानीय स्तरका संघ संस्था, क्लब, विद्यालय, अस्पताल, प्रहरी चाैकी लगायतकाे महत्वपूर्ण सहयाेग रहेकाे थियाे । स्थानीय डाक्टर डिल्लीराज पराजुली र अस्पतालका इन्चार्ज कमल अधिकारीले पनि कार्यक्रमलार्इ सफल बनाउनकाे निम्ति निकै ठूलाे याेगदान रहेकाे बताइएकाे छ ।

फागुन ९ देखि ११ सम्म चलेर सम्पन्न भएकाे उक्त हेल्थ क्याम्पमा गुल्मीका दाेहली, इस्मा, वस्तु, धुर्काेट रजस्थल, वाग्ला लगायतका विभिन्न गाविसका विरामीहरूले स्वास्थ्य जाँच गराएका थिए । हेल्थ क्याम्पसकाे अवसरमा अस्पतालकाे निम्ति वेड, सर्जिकल सामानहरू लगायतका विभिन्न उपकरणहरू समेत प्रदान गरिएकाे थियाे । स्थानीयहरूकाे उत्साहपूर्ण सहभागिता रहेकाे थियाे ।

लायन्स क्लब अफ गुल्मीले हरेक बर्ष अाफ्नाे पहुँचले भ्याए सम्म स्वास्थ्य सेवा प्रदान गर्दै अाएकाे थियाे । अघिल्लाे बर्ष यस संस्थाले श्रृङ्गामा हेल्थ क्याम्प गरेकाे थियाे । त्यस भन्दा पहिले लगातार २ बर्ष गुल्मीकाे खैरेनीमा हेल्थ क्याम्प अायाेजना गरेकाे थियाे । -सेतोघर डट कम

Comments

comments

Comments are closed.