दोलखाका श्रेष्ठले दिए गुल्मीको बिद्यालयलाई डेढ लाख रुपैँया

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, फागुन १९ । गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ ।

बुटवलमा बसोबास गर्दै आएका डा.प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।

दोलखा जिल्ला निवासी डा.श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्ष समेत थिए ।

उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

वरिष्ठ चन्दादाता डा. श्रेष्ठलाई विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय एवम् गुल्मी क्षेत्र नं.२ का सांसद चन्द्र भण्डारीले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

Comments

comments

Comments are closed.