गाउँघरका खबर

देउसी खेलेर जम्मा गरेको रकम कृषि समूहलाई सहयोग

काठमाडौं, २१ असोज । गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका–५ स्थित अमरदीप कृषी समूहलाई अमरअर्वाथोकको अमर समूहले २० हजार नगद सहयोग गरेको छ ।

अघिल्लो वर्षको देउसी भैलो कार्यक्रमबाट संकलित वचत सो रकम अमर समूहलाई आवश्यक पर्ने प्लास्टिक कुर्सी खरिद गर्नका लागि प्रदान गरिएको हो । सो रकम भैलोसमूहको तर्फबाट सन्तोष पौड्यालले कृषि समूहका उपाध्यक्ष कोशलेश्वर पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग गाउँ टोलमा आवश्यक व्यक्तिगत तथा सामाजिक कार्यमा समूहका सदस्यहरूले निःशुल्क उपभोग गर्न पाउने अमरदीप समूहले जनाएको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।