दुविचौरको भंगेरीमा पहिरो गएपछि मुख्य सडक अबरुद्ध

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, साउन ७ । बर्षाका कारण अधिकाँश ग्रामिण सडक बन्द भएको त लामो समय नै भयो । पछिल्लो एक सातादेखि परेको अविरल बर्षाका कारण मुख्य तथा केहि शाखा व्यस्त सडक अबरुद्ध हुने क्रम जारी छ । आज फेरी दुविचौरको भंगेरीमा स्थानमा पहिरो गएपछि मुख्य सडक अवरुद्ध भएको छ । gulmi-pahiro1जसले गर्दा सदरमुकाम तम्घास भित्रने र बाहिरीने सवै यातयातका साधन बन्द भएको उद्धारमा पुगेको सशस्त्र प्रहरी गुल्ममा गुल्मपति दिग बिजय सुवेदीले जानकारी दिनुभयो । भंगेरीमा सडक चौडा गर्ने काम पनि भैरहेको थियो । सोहि स्थानमा माथिबाट पहिरो खसेको छ । सशस्त्र प्रहरीको टोलीले बाटो खुलाउने प्रयास गरीरहेको छ । स्काभेटर झिकाएर बाटो खुलाउन लागिएको छ । बिहिबार पनि सदरमुकाम तम्घास नजिकै ठुलो पहिरो गएर ३ घण्टा मुख्य सडक अबरुद्ध भएको थियो । दुई वटा डोजर, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ मात्र बाटो खुलेको थियो । सदरमुकामबाट सिमिचौर जाने सडक पनि अबरुद्ध छ । पहिरो हटाउने क्रममा स्काभेटर समेत पल्टीएको छ । अहिले सम्म पहिरोले घर पुर्दा हस्चिौरमा एक जनाको ज्यान गएको छ । खोलाले बगाएर सदरमुकाम तम्घासमा एक बालको मृत्यु भएको छ । एक महिना देखि ग्रामिण सडक बन्द भएपछि सास्ती खेपीरहेका स्थानीय सर्वसाधरणहरु पछिल्लो समय झनै समस्यामा परेका छन् । उता बडिघाट खोलाको बहाव उच्च हुँदै गएपछि जोहाङ्ग गाविस २ को उल्लीखोला बजार नै खतरामा परेको छ । पानी परिरहेका कारण अबरुद्ध सडक खुलाउन थप समस्या भैरहेको छ । भने पानी पर्ने क्रम नरोकिए थप दुर्घटना हुने तर्फ सचेत हुनुपर्ने देखिन्छ ।
[wzslider lightbox=”true”]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *