दुबईबाट फर्केपछि ललितपुरमा भत्क्या रोटी बनाउदै गुल्मीका गणेश खासु

  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ, मंसिर १७। “ए साहुजी ! भत्क्या रोटी अझै बनेन भन्या, ढिला भइसक्यो” । अलि रिसाएको आवाजमा कोहि चिच्याउँदै थियो । के भन्या हँ, नेपथ्यबाट पुरुष आवाज सोध्दै थियो, लगतै महिला आवाज बोल्यो, बन्दै छ एक्कै छिन है तपाईको पालो आउनै लाग्यो ।

bhatkeko_roti_puspa_2

यो संवाद भनिमण्डल चोक भन्दा करिव दुई सय मिटर पूर्वमा रहेको एक होटलका साहुजी गणेश खासु मगर र भत्केको रोटी अर्थात मलवार परौठा खान जम्मा भएका ग्राहकको हो ।

साँघुरो ठाउँमा कोहि बसिरहेका छन्, कोही बसेको मान्छे उठ्ला र बसौंला भनेर प्रतिक्षा गरिरहेका छन् भने कोही उठी उठी नै भत्केको रोटी चपाईरहेका छन् ।

bhatkeko_roti_puspa_3

अरु स्वाद भन्दा फरक स्वादको मलवार परौठालाई नेपालीहरु कोही लक्षा त कोही भत्केको रोटी भन्ने गरेको मगरले बताए । यो रोटी गणेश खासु मगरले दुबईमा सिकेर आएका हुन् । १० बर्षसम्म दुबईमा मलवार रोटी बनाएँ, अनि नेपालमा पनि यहि रोटीको व्यापार गर्ने रहर जाग्यो उनी बताउँछन् । यता हामीसँग गफिदै गर्दा उताबाट फेरी चर्को आवाज आयो, साहुजी अझै भएन !

bhatkeko-roti_puspa_1

गुल्मी जिल्लाको जुभुङ्ग गा.वि.स वडा नम्बर ६ मा जन्मेका मगर सानै उमेरमा पितृमोहबाट बञ्चित भए । आर्थिक अवस्था निकै कमजोर भएपनि आमाले दुःख गरेर प्रवेशिका परिक्षा एसएलसी उर्तिण गराएको सम्झँदै गर्दा उनका आँखा रसाए । तर तुरुन्तै आँखामा खुशिहरु दौडन पनि थालिहाल्यो, कारण उनको जिन्दगीमा अनुमती लिएरै बिना प्रवेश गरिन् । बिना खासु मगर गणेशकी जिवन संगीनी ।

bhatkeko_roti_puspa_4

प्रेम विवाह कि मागी विवाह भन्ने प्रश्नमा गणेशले ठट्यौलो पारामा भने हाम्रो त विवाह पछिको प्रेम । बिना रिसाए झै लजाईन् । श्रीमान श्रीमती मिलेर चलाएको होटलमा अहिले मासिक ५० हजार रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ । दुई छोरीलाई होस्टेल राखेर पढाउन पुगेको छ । त्यति मात्रै होईन बुटवल भैरहवामा पक्की घर पनि बनाईसकेका छन् गणेशले ।

हुन त मलवार रोटीको व्यापार बुटवलमै पनि फस्टाउन सक्थ्यो, काठमाण्डौं आउनाका कारण जान्न खोज्दा उनले थपे, दुई छोरी छन्, आँखाका नानीहरु, यीनैलाई राम्रो शिक्षा दिलाउन आएको ।

धेरै अगाडीदेखि ग्राहकलाई खाजा दिईरहेकी बिनाले बल्ल मुख खोलिन्, त्यति मात्रै त के हुन्थ्यो, दुई छोरी मात्रै छन् छोरा खै भन्छन् चिनेजानेका आफन्तले । यहाँ त्यसो भन्ने कोही हुँदैनन्, ढुक्क छ । अनि छोरा जन्माउँ जस्तो लाग्दैन त भन्ने जिज्ञासामा उनले भनिन् दुई सन्तान ईश्वरको बरदान ।

यी दुई जोडीले, भत्केको रोटी बनाउँदा बनाउँदै भनिमण्डलमा मात्रै दुई बर्ष बिताईसके । त्यसो त यो भन्दा अगाडी हात्तीबनमा पनि होटल खोलेको तर सन्तोषजनक व्यापार नगरेर यहाँ आएको उनी सम्झन्छन् ।

अब फेरी विदेश जाउँ, अझै पैसा कमाउँ जस्तो लाग्दैन भन्दा उनी नेपालमा नै राम्रो कमाई भएको बताउँछन् । विदेशिन तयार युवालाई नेपालमै बसेर मेहनत गर्न पनि गणेशको आग्रह छ ।

सभार : खरिबोट डट कम

Comments

comments

Comments are closed.