दुई कार्यालयको संयुक्त बजार अनुगमन

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १५ बैशाख । जिल्ला प्रसासन कार्यालय गुल्मी र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले संयुत्त बजार अनुगमन गरेको छ । टोलीले जिल्लाका होटल तथा किराना पसलहरुको अनुगमन गरेको हो ।

सदरमुकाम तम्घासका ४ होटल र ६ किराना पसलहरुमा अनुगमन गरिएको खाद्य अनुसन्धान अधिकृत बिक्रम लिम्बुले बताए । टोलीले नमुना परिक्षणका लागि १६ थान विभिन्न सामाग्री समेत लिएको छ । परिक्षणपछि कैफियत भेटिए खाद्य ऐन अनुसार कार्बाहि गरिने लिम्बुले बताए । अनुगमनका क्रममा सदरमुकामकै होटलहरु पनि फोहोर रहेको, किराना पसलहरुमा लेबलिङ नभएका तथा म्याद गुज्रिएका खाद्य बस्तुहरु राखेको भेटिएको जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत भत्तिराम मरासिनीले बताए । उनीहरुलाई अहिले सचेत बनाइएको तथा त्यो अवस्था दोहोरिएमा कडा कार्बाहि गरिने मरासिनीले बताए ।

अनुगमनपछि खाद्य प्रविधी तथा गुणा नियन्त्रण कार्यालयको टोलीसंग अन्तरक्रिया गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले कम्तिमा महिनामा एक पटक अनुगमनका लागि जिल्ला आउन आग्रह गरे । साथै परिक्षणका लागि लिएका नमुनाको रिर्पोट तत्काल सार्वजनिक गरि दोषीलाई कार्बाहि गर्न आग्रह गरे । कार्यालयलाई सुझाव दिर्दै सरोकारवालाले नियन्त्रण कार्यालयले जिल्लाको बजार अनुगमन समितिलाई थप शसक्त बनाउन तालिमको आवश्यकता रहेको बताए थिए । अनुगमन टोलीमा जिल्ला प्रसासन कार्यालय, उद्योग बाणिज्य संघ, होटल व्यावसायी संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी, नेपाल पत्रकार महासंघका प्रतिनिधीको सहभागीता रहेको थियो ।

Comments

comments

Comments are closed.